नेपालमा आठ लाख हेक्टर जमीनमा सिँचाइ समस्या

नेपालमा आठ लाख हेक्टर जमीनमा सिँचाइ समस्या

  • शनिबार, फाल्गुन १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाडौं, १८ फागुन ।
नेपालमा आठ लाख हेक्टर कृषियोग्य जमीनमा सिँचाइ समस्या छ । नेपालको २२ लाख ६५ हजार ४७९ हेक्टर जमीन सिँचाइयोग्य भए पनि हालसम्म १४ लाख ५४ हजार ६१७ हेक्टर जमीन सिँचाइ भइरहेको सरकारी तथ्याङ्कले देखाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा तयार पारिएको सिँचाई गुरुयोजना २०७५ मा सिँचाइ समस्याबारे उल्लेख गरिएको छ ।

सिँचाइविज्ञ शिवकुमार शर्माद्वारा तयार पारिएको उक्त गुरुयोजनामा प्रस्तुत तथ्याङ्कमा भूमिगत जलस्रोतबाट चार लाख ९३ हजार ८४१, विभिन्न कुवा, नहर नदीका स्रोतबाट नौ लाख ६० हजार ७७६ हेक्टर जमीनमा सिँचाइ हुने गरेको उल्लेख छ । सिँचाई समस्या समाधानका लागि उक्त गुरुयोजनामा जलधारको वर्गीकरणसमेत गरिएको छ । वर्गीकरणमा कर्णाली, नारायणी र कोशी क्षेत्रलाई सिँचाइको जलाधारको रुपमा समेटिएको छ ।

साथै उक्त गुरुयोजनामा सिँचाइ विकासको अवधारणालाई समेत समेटिएको छ । उक्त अवधारणामा विद्यमान सिँचाइ प्रणलीको सवलीकरण, आधुनिकीकरण एवं व्यवस्थापन सुधार र सिञ्चित क्षेत्रको विस्तार उपलब्ध प्रविधिको अत्याधिक प्रयोग गरिनुपर्ने बताइएको छ । गुरुयोजनाअनुसार हाल नेपालमा पाँचवटा निर्माणाधीन बृहत् योजना छन् । महाकाली सिँचाइ योजना तेस्रो चरण, रानी जमरा गुलरिया सिँचाइ योजना, बबई सिँचाइ योजना, सिक्टा सिँचाइ योजना तथा वड्कापथ सिँचाइ योजनालाई बृहत् योजनाका रुपमा समावेश गरिएको छ । सो गुरुयोजनाका बारेमा प्रदेशस्तरमा पनि छलफल एवं परामर्शको कार्य गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी