साना किसान सम्मेलन सूरु

साना किसान सम्मेलन सूरु

  • शुक्रबार, फाल्गुन १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौ । ‘साना किसानको सम्बृद्धिः कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ भन्ने नाराका साथ दुइ दिने साना किसान सम्मेलन विहिबार देखि काठमडौंमा सुरु भएको छ ।
सम्मेलनको उद्घाटन सत्रमा बोल्दै साना किसान विकास लघुवित्त वित्तिय संस्था लि., नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.का अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक खेम बहादुर पाठकले अन्तराष्ट्रियस्तरमा भईरहेको प्रविधिको प्रयोग र उत्पादनमा देखिएको बढोत्तरीको साथै नेपालमा भईरहेको कृषि क्षेत्रको खोज आनुसन्धान विज्ञहरुको विचार आदान प्रदान गर्ने माध्यम सम्मेलन भएको बताउनुभयो ।

अध्यक्ष पाठकले भन्नुभयो २०७१ सालमा हामीले सम्मेलनको आयोजना गरेका थियौ जसको प्रभावले देशभर साना किसानका संस्था र सदस्य बढेका छन् भने उत्पादन र उत्पादकत्व पनि बढ्दै गएको छ । अव आगामी १० वर्षमा नेपाललाई प्राथमिक रुपमा नेपालमा उत्पादन हुने सामग्रीमा आत्मनिर्भर बन्ने बताउनुभयो ।
उँहाले संयुक्तराष्ट्र संघले अघि बढाएको दिगो विकास लक्ष्यमा आधारित रहेर गरिवी निवारण, भोकमरीको अन्त्य गर्दै पोषणयुक्त भोजनको व्यवस्था गर्न सक्ने परिवारको विकास गर्ने प्रतिवद्धता जनाउनुभयो । उँहाले सरकारले अगाडी बढाएको समृद्ध नेपाल खुसी नेपालीको अभियानलाई सायोग गर्दै धेरै भन्दा धेरै युवा तथा महिलाहरुलाई कृषिमा संलग्न गराउने बनाउनुभयो ।
२०३२ देखि सञ्चालित साना किसान विकास कार्यक्रमले ७० जिल्लामा करिब ७ सय साना किसान कृषि सहकारी संस्थाहरुको स्थापना गरी ८ लाख विपन्न तथा साना किसान परिवारलाई सेवा प्रदान गर्दै आएको छ ।

सम्मेलनमा देशभरका १ हजार साना किसानका प्रतिनिधि र २ सय अन्तराष्ट्रिय कृषि तथा सहकारी क्षेत्रका व्यक्तिहरु गरी जम्मा १२ सय जनाको सहभागिता रहेको आयोजकको दाबी छ । सम्मेलनमा बिहिबार १३ वटा कार्यपत्र प्रस्तुत भएका थिए । शुक्रबार समापन हुने कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले बिहान ९ बजे दोस्रो दिनको सत्रको सुरुवात गर्ने र समापन कृषि मन्त्री चक्रपाणी खनालले गर्ने आयोजकले जानकारी दिएको छ ।
सम्मेलनमा एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्र संघीय पूँजी विकास कोष (यूएनसीडीएफ), कृषि विकास बैंक सह–आयोजकका रुपमा रहेका छन् । त्यसैगरी रिलायन्स लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक लि.,राष्ट्रिय वाणिज्य बैंक लि.,स्याकर ट्रेड्रिङ कम्पनी प्रा. लि.,छिमेकी लघुवित्त वित्तिय संस्था लि., प्रभु बैंक लि., आरएमडिसी लघुवित्त वित्तिय संस्था लि. फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तिय संस्था लि., नेपाल डिप इरिगेन प्रा.लि., मेगनस क्न्सल्टिङ ग्रुप प्रा.ली., आई सिटी इन एजुकेसन नेपाल, श्रेष्ठ एग्री इनपुट, नेपाल बैंक लि., एनआईसी एसिया बैंक, सिभिल बैंक, सेञ्चुरी बैंक, प्रायोजकका रुपमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी