काठमाडौं, १२ फागुन । गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण कार्य ३० प्रतिशत मात्रै बाकीँ रहेको जनाईएको छ । आगामी भदौबाट पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य लिएको उक्त आयोजनाको काम ७० प्रतिशत सम्पन्न भईसकेको आयोजनाले जनाएको छ ।
सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतम बुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार कम्पनी ‘नर्थवेस्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारबीच समन्वय थिएन । तर अहिले तिब्र गतिमा निर्माण कार्य भईरहेकेुा जनाईएके छ ।
आयोजनाको भौतिक प्रगति अहिले करिब ७० प्रतिशतको पुगेको र आगामी भदौ महिनादेखि व्यावसायिक उडान सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कार्य भइरहेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।
आयोजना प्रमुख अधिकारीका अनुसार अहिलेसम्मको मूल्यांकन गर्ने हो भने ६७ प्रतिशत निर्माण सकिएको छ । विमानस्थलको धावनमार्गको तेस्रो चरणको कालोपत्र सकिएको छ । चौथो तहको कालोपत्र दुई दिनपछि सुरु हुँदै छ ।
कुल ७ दशमलव ५ इन्च मोटाइको चार तहको कालोपत्र सकिएपछि विमानस्थलको निर्माण करिब सकिन्छ । बढीमा २० दिनभित्र चौथो चरणको कालोपत्र सकेर बत्ती व्यवस्थापनलगायत काम गर्ने सोचमा आयोजना लागेको छ । कुल ४५ मिटर चौडाइ र ३ हजार मिटर लामो धावनमार्ग पनि निर्माण भएको छ ।