नेप्से परिसूचक परिसूचक १ हजार ११३ दशमलव शून्य ७ बिन्दुमा

नेप्से परिसूचक परिसूचक १ हजार ११३ दशमलव शून्य ७ बिन्दुमा

  • शुक्रबार, फाल्गुन १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं। नेप्से परिसूचक परिसूचक शून्य दशमलव ८४ बिन्दुले बढेर १ हजार ११३ दशमलव शून्य ७ बिन्दुमा पुगेको छ ।

बुधबार दोहोरो अंकले घटेको सेयर बजार साताको अन्तिम दिन भने झिनो अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २७ बिन्दुले बढेर २३६ दशमलव ६० बिन्दुमा पुगेको छ । स्टकका अनुसार कुल १५५ कम्पनीको ४ लाख ७५ हजार ७६६ कित्ता सेयर १६ करोड ४४ लाख ७८ हजार ६८८ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबार भएका १० उपसमूहमध्ये तीन उपसमूहको सेयर घटेका छन् भने सात उपसमूहको सेयर वृद्धि भएको छ । जलविद्युत् १ दशमलव शून्य ७, उत्पादनमूलक १२ दशमलव ८ र लघुवित्त २ दशमलव ५८ बिन्दुले घटेका छन् । त्यस्तै, बैंकिङ १ दशमलव ३२, व्यापार २ दशमलव ७, विकास बैंक शून्य दशमलव २, वित्त शून्य दशमलव ७८, निर्जीवन बिमा १० दशमलव शून्य ४, अन्य १ दशमलव ३१ र जीवन बिमा १ दशमलव ७८ बिन्दुले बढेको छ ।

झिनो अंकले बढेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९ दशमलव ८७ प्रतिशतले कमाएका छन् । यस्तै गुराँस लाइफ इन्स्योरेन्स २ दशमलव ८५, बोमी माइक्रोफाइनान्सका सेयरधनीले २ दशमलव ८४ प्रतिशत नाफा कमाएका छन् ।

यस्तै, हिमालयन डिस्ट्रिलरीका सेयरधनीले ३ दशमलव ९०, एक्सेल डेभलपमेन्ट बैंक ३ दशमलव ४९, सूर्योदय लघुवित्त वित्तीय संस्थाका सेयरधनीले २ दशमलव ५२ प्रतिशतले गुमाएका छन् ।

कारोबार रकमका आधारमा चौतारी लघुवित्त वित्तीय संस्थाको मात्रै २ करोड ५० लाख ६८ हजार १९१, नबिल बैंकको १ करोड ३९ लाख ४३ हजार, नेपाल इन्भेस्टमेन्ट बैंकको ८६ लाख ९८ हजार ६२० बराबरको कारोबार भएको स्टकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ