सामाजिक उत्तरदायित्व अन्तरगत छुट्याएको रकम हरेक प्रदेशमा न्यूनतम १० प्रतिशतका दरले खर्च गर्नुपर्ने

सामाजिक उत्तरदायित्व अन्तरगत छुट्याएको रकम हरेक प्रदेशमा न्यूनतम १० प्रतिशतका दरले खर्च गर्नुपर्ने

  • बिहिबार, फाल्गुन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

नेपाल राष्ट्र बैंकले पुनर्कर्जाअन्तर्गत बैंक तथा वित्तीय संस्थाले ८ प्रतिशत ब्याजदरमा ऋण दिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएकाे छ । व्यवसायिकको चर्को दवावपछि केन्द्रीय बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षा पुनर्कर्जाको ब्याजदर घटाउने निर्णयलाई निर्देशन मार्फत कार्यान्वयन सुरु गरेको हो ।
केन्द्रीय बैंकले सामाजिक उत्तरदायित्व र पुनर्कर्जाको सन्दर्भमा निर्देशन जारी गर्दै वाणिज्य बैंक र राष्ट्रियस्तरका वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत छुट्याएको रकम हरेक प्रदेशमा न्यूनतम १० प्रतिशतका दरले खर्च गर्नुपर्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले ५ प्रतिशत ब्याजदरमा दिने पुनर्कर्जालाई ४ प्रतिशतमा झारेर ऋणीले अबदेखि ८ प्रतिशत ब्याजदरमा पुनर्कर्जा सुविधा पाउने छन् । निर्यात पुनर्कर्जाको ब्याजदर ३ प्रतिशत हुने व्यवस्था कार्यान्वयनमा गएको छ । यसैगरी राष्ट्र बैंकले सोमबार राति सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामार्फत घोषणा गरेका केही कार्यक्रम कार्यान्वयनमा ल्याउने सिलसिलामा संस्थागत सुशासनमा खर्च गर्नुपर्ने रकममध्ये प्रत्येक प्रतिशतमा १० प्रतिशतका दरले खर्च गर्नुपर्ने निर्देशन पनि जारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ