एलआइसीले ल्यायाे जीवन साथी बीमा याेजना, १८ देखि ६० वर्षसम्मका व्यक्तिहरुले लिन सक्ने

एलआइसीले ल्यायाे जीवन साथी बीमा याेजना, १८ देखि ६० वर्षसम्मका व्यक्तिहरुले लिन सक्ने

  • बुधबार, फाल्गुन १, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

काठमाडाैं, १ फागुन । लाइफ इन्स्योरेन्स कर्पोरेश(एलआइसी नेपाल) लिमिटेडले बुधवारदेखि जीवन साथी नामक नयाँ बीमा योजना सार्वजनिक गरेको छ । १८ देखि ६० वर्षसम्मका व्यक्तिहरुले लिन सक्ने उक्त बीमा याेजना एक समाराेहकाबीच बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सार्वजनिक गरे ।

न्यूनतम बीमाङ्क रकम २ लाख कायम गरिएको जानकारी दिदैँ कम्पनी सचिव विनोदकुमार भुजेलले अधिकतम बिमाङ्क सीमा बीमा अण्डरराइटिङ नियमअनुसार जतिपनि लिन सकिने बताए । यस योजनामा बीमा अवधि १० वर्षको हुने कम्पनीले जनाएको छ ।

बीमा अवधिमा बिमितको निधन भएमा बिमाङ्क र बोनस रकम निजको श्रीमान् वा श्रीमतीलाई प्रदान गरिने र बाँकी अवधिको लागि निजको श्रीमान्/ श्रीमतीलाई बीमाङ्कको अधिकतम ७५ लाखसम्म दुर्घटना लाभ र स्थायी अशक्तता लाभ समेत उपलब्ध गराइने छ ।

यस बीमा योजना मार्फत आफ्नो जीवन साथीप्रति अपार माया र स्नेह दर्शाउँदै परिवारमा वित्तीय सुरक्षा प्रदान गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) एलपी दासले बताए ।

                                        बीमा याेजना सार्वजनीक गरेपछि सामुहिक तस्वीर खिचाउँदै ।

कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष खस्तिदारले नयाँ बीमा योजनाका बारेमा प्रकाश पारेका थिए ।उनले भने, ‘नेपालमा प्रायः पुरुषहरुले मात्र जीवन बीमा लिने गरेका कारण महिलाहरुको ठूलो हिस्सा जीवन बीमाबाट बञ्चित छ, कम्पनीले त्यस्ता महिलाहरुलाई पनि निःशुल्क रुपमा बीमा जोखिम प्राप्त होस् भनेर जीवन साथी योजना बजारमा ल्याएको हाे ।’

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी