डाक्टरले आज वीर अस्पतालदेखि स्वास्थ्य मन्त्रालयसम्म र्‍याली गर्ने

डाक्टरले आज वीर अस्पतालदेखि स्वास्थ्य मन्त्रालयसम्म र्‍याली गर्ने

  • सोमवार, माघ २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

 संघीय संरचना अनुसार कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाउँदा डाक्टरको दरवन्दी संघमा राख्दै प्रदेश र स्थानीय तहमा आवश्यकता अनुसार खटाउन माग गर्दै आन्दोलनरत डाक्टरहरुले आज वीर अस्पतालदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्म र्‍याली गर्ने भएका छन्।

सरकारी चिकित्सक संघ (गोदान)को अगुवाईमा र्‍याली हुने भएको हो। र्‍याली सुरु हुनुभन्दा पहिला डाक्टरहरु वीर अस्पतालमा १० बजे भेला हुने भएका छन्। वीर अस्पतालमा भेला भएपछि मात्र मन्त्रालयतर्फ र्याली अगाडि बढ्ने संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले जानकारी दिए।

संघ र स्वास्थ्य मन्त्रालयबीच गत पुस २९ गते सहमति भएको थियो। संघले विगतमा सरकारसँग गरिएको सहमति विपरित समायोजन मान्य नहुने भन्दै आन्दोलन सुरु गरेको हो।

संघले आइतबार समायोजनका विषयमा असन्तुष्टि जनाउँदै स्वास्थ्य मन्त्रालयमा धर्ना दिएको थियो। सो क्रममा २५ जनाभन्दा बढी चिकित्सक पक्राउ परेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ