नेपाल बैंकको नाफा एक अर्ब ६६ करोड

नेपाल बैंकको नाफा एक अर्ब ६६ करोड

  • आइतवार, माघ २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ, २० माघ ।

नेपाल बैंकले चालू आर्थिक वर्षको छ महीनामा रु एक अर्ब ६६ करोड १४ लाख ९८ हजार नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले रु एक अर्ब ६३ करोड ८४ लाख ५९ हजार नाफा कमाएको थियो । गत आवको छ महीनाको तुलनामा चालू आवको छ महीनामा बैंकले १.४० प्रतिशत बढी नाफा कमाएको हो ।

बैंकको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफामा सुधार आए पनि नाफामा भने सामान्य सुधार मात्र देखिएको बैंकले प्रकाशित गरेको विवरणमा उल्लेख छ । बैंकले खुद ब्याज आम्दानी रु तीन अर्ब १६ करोड ७२ लाख ४९ लाख गरेको छ । गत आवको छ महीनामा बैंकले रु दुई अर्ब ९४ करोड तीन लाख २९ हजार ब्याज आम्दानी गरेको थियो ।

रु नौ अर्ब ८१ करोड ११ लाख ४८ हजार चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा रु १९ अर्ब ६५ करोड १४ हजार रहेको छ । बैंकले रु एक खर्ब पाँच अर्ब ६७ करोड ८२ लाख ८६ हजार निक्षेप सङ्कलन गरी रु ८५ अर्ब ७९ करोड ८४ लाख ७२ हजार ऋण लगानी गरेको विवरणमा उल्लेख छ । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमासमा बैंकको खराब कर्जा ३.२३ प्रतिशतबाट घटेर २.७४ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी रु ३३ रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी