नेपालको मताधिकार कायम राख्न विश्व बैंकको शेयर खरिद गर्ने सरकारको निर्णय

नेपालको मताधिकार कायम राख्न विश्व बैंकको शेयर खरिद गर्ने सरकारको निर्णय

  • आइतवार, माघ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं,माघ १३ ।

नेपालले विश्व बैंकको शेयर खरिद गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले बिश्व बैंकको नेपालको मताधिकार कायम राख्न शेयर खरिद गर्ने निर्णय गरेको हो ।

विश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय पुननिर्माण तथा विकाश बैंकको शेयर खरिद गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । अहिले पनि विश्व बैंकमा नेपालको शेयर १ हजार ४ सय ५ कित्ता रहेकोमा अब थप ३ सय ९ कित्ता खरिद गरि १ हजार ७ सय १४ कित्ता शेयर बनाउन लागिएको उहाँले बताउनुभयो ।

पुस ३ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता बाँस्कोटाले गोरखकाली रबर उद्योग लिमिटेडका कर्मचारीहरुलाई अनिवार्य अवकाश दिने निर्णय भएको बताउनुभयो । बैठकले उद्योगको बैकल्पिक ब्यबस्थापन गर्ने निर्णय पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी