भोजपुर, ९ माघ । भोजपुरकै सबैभन्दा ठूलो पाँच मेघावाट क्षमताको ईस्टर्न जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
आयोजनाको कामले राम्रो गति लिएपछि पि.पि.ए सम्झौता अगावै आयोजना सम्पन्न हुने अपेक्षा गरिएको छ ।निर्माण कार्यले तीव्रता पाएसंगै जिल्लाको एकमात्र ठुलो ईस्टर्न जलविद्युत आयोजनाको काम अन्तिमतिर पुगिसकेको छ ।
करिब एक अर्ब १४ करोडको लगानीमा आगामी असार मसान्तभित्र काम सम्पन्न गर्नुपर्ने भएपनि कामको तीव्रताले आगामी फाल्गुनभित्रै काम सम्पन्न हुने देखिएको छ ।
आयोजनाको सम्पूर्ण कार्य सम्पन्नपछि प्राधिकरणलाई ३५ वर्षका लागि हस्तान्तरण गरिने सम्झौता अनुसार नै उत्पादित विद्युत राष्ट्रिय प्रशासरणको लाईनमा जोडिने भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline