नेपाल कम्यूनिष्ट पार्टीका स्थाइ कमिटि सदस्य तथा केन्द्रिय जनसरकार प्रमुख सन्तोष बुढा मगरले अहिलेको सरकार कम्यूनिष्टको नाममा सामाजिक दलाल पुजिवाद भएको आरोप लगाएका छन ।
पार्टीले संचालन गरेको संगठन सुदृढ तथा विस्तार अभियान उद्घाटन गर्न स्याङ्जा आइपुगेका जनसरकार प्रमुखले यस्तो बताएका हुन ।
प्नमुख वक्ताका रुपमा रहेका बुढा मगरले विदेशी साम्राज्यवादले कोण कोणबाट आक्रमण गरिराखेको यो अवस्थामा यहांका सत्ताशिन पार्टीहरु नै उनको पिछ्लग्गु भएर लागेका कारण देशमा यो अवस्था आएको र यो नामको कम्यूनिष्ट सरकारले जनताको काम गर्न नसक्ने भन्दै विप्लवले नेतृत्व गरेको नेपाल कम्यूनिष्ट पार्टीमा गोलबन्द हुनपनि आग्रह गरेका थिए ।
विशिष्ट अथितिका रुपमा बोल्दै पार्टीका केन्द्रिय सदस्य सितलले पार्टीले संचालन गरेको अभियानको ढांचा र प्रकृयाका बारेमा स्पस्ट पार्नुभयो भने ब्युरो सदस्यहरु कमरेड समर अमर, गम्भिर र जगन लगायतले बोलेका थिए ।