मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द गर्ने सरकारकाे घोषणा !

मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द गर्ने सरकारकाे घोषणा !

  • आइतवार, माघ ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

६ माघ, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का रद्द गर्ने घोषणा गरेको छ । आइतबार ठेक्का रद्द गरेको पत्र (लेटर अफ टर्मिनेसन ) जारी गर्दै सरकारले ठेक्का तोडेको घोषणा गरेर उक्त जानकारी सहितको पत्र पठाईसकेको छ ।
अब १४ दिनभित्र सीएमसी काममा नफर्किए ठेक्का रद्द हुनेछ ।सीएमसीलाई आइतबार नै किन ठेक्का रद्द नगर्ने भन्दै ठेक्का रद्द गर्ने आशयको जानकारी पठाइएको मेलम्ची खानेपानी आयोजनाले जनाएके छ ।
आयोजनाका उपप्रमुख रामप्रसाद कँडेलका अनुसार यदि दुई हप्तासम्म पनि उसले सरकारलाई चित्तबुझ्दो जवाफ दिएर काममा नफर्किए ठेक्का सम्झौता रद्द भएको जानकारी गराईनेछ ।
सरकारले अन्तिम समयसम्म पहल गर्दा पनि सीएमसी वार्तामा नै नफर्किएपछि सम्झौता रद्द गर्न प्रक्रिया अघि बढेको हो । अब सीएमसी काममा नफर्किए सीएमसीको अढाई अर्ब धरौटी पनि जफत हुनेछ ।
सरकारले ठेक्का रद्द भएपछि फेरि नयाँ प्रक्रियाकार्फत ठेक्का गरेर बाँकी काम सम्पन्न गर्नुपर्नेछ । अब त्यसका लागि मात्रै करिब ६ महिना समय लाग्ने आयोजनाका अधिकारीहरु बताउँछन् ।

सरकारले नयाँ वर्षमा काठमाडौंमा पानी ल्याइर्पुयाउने उद्देश्यसहित काम भइरहेको बताइरहँदा वित्तीय संकटमा फसेपछि सीएमसीले मेलम्चीको साइट छाडेको थियो । उसले सरकारलाई ठेक्का तोड्ने आशयसहितको पत्र दिएपनि सरकारले बुझको थिएन ।
यस्तो अवस्थामा अंग्रेजी नयाँ वर्षपछि पुनः काममा फर्किने गरी सीएमसीका अधिकारीहरु विदेश उडेका थिए । इटालियन दूतावासले उनीहरुलाई फिर्ता ल्याउने प्रतिवद्धता जनाए पनि उनीहरु फर्किएनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी