इलाम ।
नेपाल कम्युनिस्ट पार्टिले मसंगठन सुदृढीकरण तथा बिस्तार अभियान -२ को उद्घाटन इलाम जिल्लाको फाकफोक थुम गांउपालिकाको फंलाटे बजारबाट गरिएको छ ।
कार्यक्रमको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एंव कार्यक्रमका प्रमुख अथिति सौरभले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै पिबिएम सौरभले रास्ट्रमा देखिएका सबैखाले समस्याको सामधान बैज्ञानिक समाजबादी सत्ताले मात्र गर्न सक्ने भएकोले एकीकृत जनक्रान्तिको अभियानमा सहभागी हुन सबैलाइ अपिल गरे । इलामका जनताहरु सत्ताको गलत रबैयाका बिरुद्ध सदैब लडदै आएको स्मरण गराउदै अब फेरि लड्ने बेला आएको हुनाले यसको निम्ति समेत तयार हुन कार्यक्रम मार्फत अपिल गरे ।
कार्यक्रमको अध्यक्षता नेकपाका मेची ब्युरो इन्चार्ज सुमन लिम्बुले गरेका थिए । कार्यक्रममा बोल्दै ब्युरो इन्चार्ज लिम्बुले भने पुर्वबाट हामी फेरि बलिदान गर्न तयार छौं, तर दलालहरुका बिरुद्ध जस्तो सुकै चुनौती मोलेर लडिन्छ । पुर्वमा सरकारी दमन भएको स्मरण गर्दै लिम्बुले चेतावनि दिए दमन गरेर यिनिहरुलाइ सिध्याइन्छ भन्ने यदि कसैले सोचेको छ भने त्यो उनिहरुको जिवनकै ठूलो भ्रम हुने छ । दमनले क्रान्ती नरोकिएको बताउदै लिम्बुले थपे हामी माथी दमन भए अब हात बांधेर बस्ने छैनौं ।
कार्यक्रममा सामना परिवारका कलाकारहरुले क्रान्तिकारी गित गाउनुका साथै नृत्य प्रस्तुत गरेका थिए । क्रान्तिकारी गित र नृत्यले फंलाटे बजार ततांउदा स्थानिय जनताहरु उत्साहित भएर नांचेका थिए । र त्यांहा आसपासका जनताहरुले अब बिप्लबलाइ साथ दिने हो भनेर नेकपाको पक्षमा होहल्ला गरेका थिए । कार्यक्रमको संचालन सामनाका आरोहले गरेका थिए । स्वागत मन्तव्य नेकपा इलामका इन्चार्ज सर्बश्रेस्ठले राखेका थिए ।
अब लगातार दुई महिना इलाम र पांचथरका गांउहरुमा चल्ने नेकपाको यस अभियानले पुर्वी पहाडका जनताहरुको ठूलो पंक्ती नेकपामा समाहित हुने बताइएको छ । सरकारी दमन र नेकपा बिरुद्ध सरकारी कृयाकलापको बाबजुत नेकपाले आज माघ १ गतेबाट देशै भरी एकै साथ अभियानको उद्घाटन गर्नु र उसले सार्बजानिक गरेको अपिलमा दलाल तस्कर भ्रस्टाचारी र जनबिरोधिहरुलाइ जनकार्बाही गरौं भनेर अपिल गरेपछी अब स्थिती पेचिलो धेरैले आंकलन गरिरहेका छन ।


