शेयर बजार घट्यो

शेयर बजार घट्यो

  • आइतवार, पुस २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौँ, २९ पुस 

धितोपत्र बजारमा साताको शुरु दिन आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ विन्दुले घटेर एक हजार १७५ दशमलव शून्य पाँच विन्दुमा झरेको हो ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ विन्दुले घटेर २४९ दशमलव ४२ विन्दुमा झरेको छ । स्टककाअनुसार आज कूल १५८ कम्पनीको ११ लाख ६३ हजार ७८१ कित्ता शेयर रु ३७ करोड २९ लाख १५ हजार ७०६ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल दश उपसमूहमध्ये दुई उपसमूहको शेयर वृद्धि भएको छ । यस्तै आठ उपसमूहको शेयर कारोवार भने घटेको छ ।
स्टककाअनुसार उत्पादन शून्य दशमलव ६९ र अन्य दुई दशमलव ८७ विन्दुले बढेका छन् । यस्तै बैंकिङ क्षेत्र छ दशमलव ३२, होटल १२ दशमलव ८७, विकास बैंक चार दशमलव पाँच, जलविद्युत् पाँच दशमलव २५, वित्त शून्य दशमलव ८५, निर्जीवन बीमा ७१ दशमलव २७, लघुवित्त १२ दशमलव सात र जीवन बीमा ११ दशमलव १८ विन्दुले घटेको छन् ।

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था, नागरिक लगानी कोष, सेन्ट्रल फाइनान्स लिमिटेड, श्रीराम सुगर मिल्स लिमिटेड, तिनाउ विकास बैंकका शेयरधनीका कारोबार भने आज बढेको छ ।

यस्तै भार्गभ विकास बैंक, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका शेयरधनीको कारोबार आज घटेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी