हाइड्रो तथा खानी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा र महासचिव केशव बुढाथोकी गिरफ्तार

हाइड्रो तथा खानी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा र महासचिव केशव बुढाथोकी गिरफ्तार

  • शुक्रबार, पुस २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौँ ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासङ्घका केन्द्रीय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा र महासचिव केशव बुढाथोकीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

बुढाथोकीलाई ललितपुर महानगरपालिका –१८ नख्खुबाट र उपाध्यक्ष विकास थापालाई ललितपुर महानगरपालिका २५, भैंसेपाटी चोकबाट सङ्गठनको कामको सिलसिलामा बिहीबार बिनाकारण गिरफ्तार गरेको अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासङ्घले जनाएको छ । गिरफ्तार गरिएका लोकेन्द्र थापासमेतलाई लगी उनकै घरमा शुक्रबार लगेर प्रहरीले तोडफोड समेत गरेको जनाइएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासङ्घका अध्यक्ष अमर झाँक्रीले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी उक्त कार्यको घोर भत्र्सना गर्दै गिरफ्तार गरिएका कार्यकर्ताहरुलाई अविलम्ब रिहा नगरे संघर्षमार्फत् दलाल संसदीय व्यवस्थालाई जवाफ दिने घोषणा समेत गरेका छन् ।

अध्यक्ष झाँक्रीको विज्ञप्तिमा भनिएको छ, ‘सङ्घर्ष र वीरताको इतिहासले भरिपूर्ण हाम्रो सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले पछिल्लो पटक जारी गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली २०७५ का विरुद्ध आफूलाई संघर्षमा केन्द्रित गर्न पुगेको छ ।

आफूलाई कम्युनिस्ट सरकारको हवाला दिंदै दलाल संसदीय व्यवस्थाको रक्षामा तल्लीन सामाजिक दलाल वर्गले रुप पक्षका दृष्टिले सुखी नेपाली समृद्ध नेपालको नारा अन्तर्गत विभिन्न ऐन नियमावली घोषणा गरिरहेको छ भने राष्ट्र र जनताका समस्याहरु एकपछि अर्को सङ्कटतर्फ बढिरहेको छ ।

नेपाल नयाँ युगमा प्रवेश गरेको हल्ला गरी उत्पीडित वर्गलाई थप उत्पीडन गर्ने र समृद्ध नेपाललाई थप पराधीन बनाउँदै लगिरहेको वर्तमान दलाल संसदीय व्यवस्थाका विरुद्ध हाम्रो सङ्गठनले चौतर्फी भण्डाफोर र प्रतिरोध संघर्ष अगाडि बढाइरहेको छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ