मध्यपहाडी राजमार्गमा खाल्डै खाल्डा

मध्यपहाडी राजमार्गमा खाल्डै खाल्डा

  • शुक्रबार, पुस २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

रुद्र बहादुर खडका
 सिन्धुली, पुस २०    राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी राजमार्ग गुणस्तरहिन काम हुँदा कालोपत्रे भएको एकवर्ष नबित्दै जताततै खाडलै खाडल भएको छ । सिन्धुलीको खुर्कोटदेखि उदयपुरको घुर्मीखण्ड अझै निर्माणकै चरणमा छ । केही स्थानमा पुल बन्न बाँकी छ भने केही स्थानमा सडक कालोपत्रे हुँनै बाँकी छ ।
 खुर्कोटदेखि सिन्धुलीकै सिमाना उदयपुरको घुर्मीसम्म करिब ६० किलोमिटर सडक केही स्थानबाहेक सबै स्थानमा कालोपत्रे भएपनि एकवर्षमै कालोपत्रे भत्किएको हो । सडकको छेउका पर्खाल समेत भत्किएका छन् भने सडकको बीच–बीचमा कालोपत्रे भत्किएर ठुला खाल्डा भएका छन् । सडक निर्माणमै ठेकेदार र इन्जिनियरको गम्भीर लापरवाहीका कारण मध्यपहाडी राजमार्ग भत्किन सुरु गरेको हो । पूर्वी पहाडका दर्जनौ जिल्लालाई छोएर राजधानीसँग जोडिने यस राजमार्गमा अन्य जिल्लाको तुलनामा तीब्र गतिमै काम भएपनि गुणस्तरिय काम हुन नसकेको स्थानीय बताउछन् ।

मध्यपहाडी राजमार्ग हुँदै खोटाङ दित्तेल मोटसाइकलमा सवार रहेका किरण थापा बनेको एक वर्षमै भत्किनुले कमसल काम भएको पुष्टि भएको बताउँछन् । बनेको एक वर्षमै खाल्डा छल्दै सवारी चलाउनुपर्ने अवस्था देखियो, उनले भने, ठेकेदार र आयोजनाकै लापरवाहीले यसरी बिग्रिएको हुन सक्छ । उनले ठेकेदारले राम्रो काम गर्ने र आयोजनाले पनिसँगै अनुगमन मुल्याङकन गर्ने गरेमा यस्तो समस्या नआउने बताउँछन् ।

राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी राजमार्ग पूर्वका विभिन्न जिल्लामा निर्माणाधिन छ । जसमध्ये सिन्धुलीको भु–भागमा पर्ने झन्डै ६० किलोमिटर सडकका केही स्थानबाहेक अन्य धेरै स्थानमा कालोपत्रे भइसकेको छ । कालोपत्रेलाई हेर्दा निकै पातलो कालोपत्रे गरी आखाँमा छारो हाल्ने काम भएको स्थानीयको भनाई छ। मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिकामा पर्ने अक्करे भिरमा लामो समयदेखि काम नभई अलपत्र अवस्थामा छ। यस्तै फिक्कल गाउँपालिकाको खाङसाङ खोलामा वर्षौदेखि पुल अलपत्र छ ।

अक्करे भिरमा वर्षेनी हिउँदमा सुख्खा पहिरो र वर्षायाममा पहिरो खस्ने समस्या छ । माथिबाट ठुलो पहिरो खसेको स्थानमा राजमार्ग आयोजनाले नियन्त्रणमा कुनै पहल नगर्दा उत्तिकै जोखिम छ । यस्तै राजमार्गको बाशेश्वरका विभिन्न स्थान, वितिजोरको सुलिभन्जयाङ यस्तै डुडभन्ज्याङका विभिन्न स्थानमा खाल्डैखाल्डा छ ।

कालोपत्रे भई निर्माण सम्पन्न भएको राजमार्ग समेत स्थानीयकै निजी जग्गा रहेको र हालसम्म सरकारले सार्वजानिक गरी लगत कट्टा नगर्दा स्थानीय समेत राजमार्गलाई सुरक्षित राख्न चासो देखाएको पाइदैन । एकातर्फ गुणस्तरहिन काम भएकाले जताततै भत्किएको छ भने स्थानीयले खेतबारीमा लगाउने पानी सडकका विभिन्न स्थानमा जताततैबाट बग्न दिएकाले राजमार्ग कच्चि हुँदै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी