सिमेन्ट उद्योगका लागि ढुङ्गा परीक्षण शुरु, नौ जना प्राविधिकसहित २३ जनाको टोली बोझेओढारमै

सिमेन्ट उद्योगका लागि ढुङ्गा परीक्षण शुरु, नौ जना प्राविधिकसहित २३ जनाको टोली बोझेओढारमै

  • आइतवार, पुस १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

खोटाङ, १५ पुस । 

सिमेन्ट उद्योग सञ्चालनका लागि बोझेओढारमा ढुङ्गा परीक्षण शुरु गरिएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र वडा नं ५ दुर्छिमको सिमानामा पर्ने बोझेओढारमा खानी तथा भूगर्भ विभागको प्राविधिक टोलीले परीक्षण शुरु गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तीन वर्षे कार्यक्रमअनुसार विभागबाट खटिएका प्राविधिक टोलीले ढुङ्गा परीक्षण शुरु गरेको नगर प्रमुख इवन राईले बताउनुभयो ।

“यो क्षेत्रमा पर्याप्त मात्रामा चुनढुङ्गा रहेको छ”, उहाँले भन्नुभयो, “प्राविधिक टोलीले उक्त चुनढुङ्गा सिमेन्ट उद्योग सञ्चालनका लागि उपयुक्त हुने नहुने बारेमा परीक्षण गरिरहेको छ।” ड्रिलिङ मेशिनको प्रयोग गरेर करीब ७५ मिटर तलको ढुङ्गा निकालेर परीक्षण गर्ने काम भइरहेको विभागका उपसचिव नारायण बाँस्कोटाले बताउनुभयो ।

“अहिले भूगोल सर्भेक्षण, ढुङ्गा स्याम्पलिङ र छुट्टाछुट्टै चार ठाउँमा ड्रिलिङ गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “प्रारम्भिक रिपोर्ट अनुसार सिमेन्ट उद्योग सञ्चालनका लागि बोझेओढारमा रहेको चुनढुङ्गा उपयुक्त हुने अनुमान गरेका छौं ।” मध्यपहाडी लोकमार्गमा पर्ने बोझेओढारको तीन वर्गकिलोमिटर क्षेत्रफलको ढुङ्गा परीक्षण भइरहेको प्राविधिक टोलीले बताएका छन् । सडकको राम्रो पहुँच रहेको उक्त ठाउँमा सिमेन्ट उद्योग सञ्चालन गर्नसमेत उपयुक्त हुने बताइएको छ ।
अधिकांश सार्वजनिक जग्गामा रहेको उक्त चुनढुङ्गा खानी सिमेन्टका लागि १ नम्बर प्रदेशकै सबैभन्दा उपयुक्त रहेको उपसचिव बाँस्कोटाले बताउनुभयो । गत मङ्सिर २८ गतेदेखि विभागबाट खटिएको प्राविधिक टोलीले तीन महीनासम्म सोही ठाउँमा रहेर ढुङ्गा परीक्षण गर्ने जनाइएको छ । विभागबाट उपसचिव दिनेशकुमार नापिटको नेतृत्वमा खटिएका नौ जना प्राविधिकसहित २३ जनाको टोली बोझेओढारमै पाल टाँगेर बसेको छ ।

तीन महीनासम्मको स्थलगत अध्ययन तथा परीक्षणपछि प्राविधिक टोलीले विभागमा प्रतिवेदन बुझाउने जनाइएको छ । प्राविधिकले बुझाएको प्रतिवेदनको आधारमा सिमेन्ट उद्योग सञ्चालनको काम अगाडि बढाइने नगर प्रमुख राईले बताउनुभयो । बोझेओढार लगायत जिल्लाका अधिकांश ठाउँमा रहेको चुनढुङ्गा खानीलाई अधिकतम प्रयोग गरेर उद्योग सञ्चालन गर्न पहल गरिएको सांसद विशाल भट्टराईले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी