प्रधानमन्त्रीद्धारा धरहरा पुनर्निर्माणको शिलान्यास, दुई बर्षमा धरहराबाट काठमाडौं हेर्ने ओलीको इच्छा होला त पुरा ?

प्रधानमन्त्रीद्धारा धरहरा पुनर्निर्माणको शिलान्यास, दुई बर्षमा धरहराबाट काठमाडौं हेर्ने ओलीको इच्छा होला त पुरा ?

  • बिहिबार, पुस १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

१२ पुस, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गर्नुभएको छ । अघिल्लो कार्यकालमा मेरो धरहरा मै बनाउँछु अभियान सुरु गर्नुभएका प्रधानमन्त्री ओलीले त्यसको झण्डै चार वर्षपछि आज सुन्धारामा आयोजित विशेष कार्यक्रममा आफैले पुनर्निर्माणको शिलान्यास गर्नुभएको हो ।

भिमसेन थापाको पालामा बनेको धरहरा पछिल्लो पटक २०७२ वैशाख १२ को गोरखा भूकम्पमा भत्किएको थियो । शिलान्यास कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पर्यटनमन्त्री रविन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायतको उपस्थिति थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणको जिम्मा रमन जेभीलाई दिएको छ । भूकम्पले भत्किएको धरहरालाई सिसाभित्र राखेर संरक्षण गर्ने र त्यसकै छेउँमा पुरानै शैलीमा अत्याधुनिक सुविधासहित नयाँ धरहरा निर्माण हुने प्राधिकरणको सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जानकारी दिनुभयो ।

यसैबीच, प्रधानमन्त्री ओलीले ठेकेदारले दुई वर्ष्भित्रै धरहरा निर्माण सक्ने विश्वास व्यक्त गर्नुभएको छ । धरहरा पुनर्निर्माणको शिलान्यास गर्दै उहाँले धरहराको टुप्पोमा चढेर काठमाडौं हेर्ने इच्छा पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भने, ‘हामी फेरि हाम्रो गौरवपूर्ण धरहरा हाम्रा आँखा अगाडि देख्नेछौं । हामी वातावरण सुधारिएको, बाटाहरु सुधारिएको, हरियाली अलि बढाइएको काठमाडौं धरहराको टुप्पाबाट हेर्नेछौं ।’

पहिलेको धरहरा चढ्न ज्येष्ठ नागरिकहरुलाई अप्ठ्यारो हुने भए पनि अब बन्ने धरहरा सजिलै चढ्न सक्ने गरी बनाउने भन्दै उहाँले यसपल्ट धरहराको टुप्पामा जवानहरु मात्र नभएर होइन बुढापाकाहरु पनि चढ्न सक्ने बताउनु भयो ।

यस्तो हुनेछ नयाँ धरहर ।

धरहराको पुनर्निर्माण विकासकै लहरको एउटा हिस्सा भएको तर्क गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, यो ऐतिहासिक कामको शुभारम्भ हो, २०७२ को भूकम्पले भत्काएका केही संरचना पुनर्निर्माणको क्रममा रहेका छन्, क्रमश बन्दै जान्छन् ।

धरहराको पुनर्निर्माणमा आ आफ्नो क्षेत्रबाट योगदान गर्ने उहाँले प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी