पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब प्रतिलिटर कति पर्छ ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब प्रतिलिटर कति पर्छ ?

  • बुधबार, पुस ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौँ, ४ पुस । 

सरकारले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ ।

नेपाल आयल निगमकोले मंगलवार राति १२ बजेदेखि लागू हुने गरी  पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर रु दुई÷ दुई का दरले घटाई समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

नयाँ मूल्यअनुसार पेट्रोल रु ११२ प्रतिलिटर, डिजेल र मट्टीतेल रु ९९ प्रतिलिटर रहेको छ । निगमले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको ‘स्वतः सञ्चालित मूल्य संरचना’ अनुरुप इण्डियन आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्य निर्धारण गरेपछि नेपालमा पनि मूल्य समायोजन गरेको उहाँले जानकारी गराउनुभयो ।

यसैगरी निगमले निगमको डिपो÷बिक्री केन्द्रदेखि १५ किलोमिटर भित्र लागू हुने क्षेत्रभित्र पनि नयाँ मूल्य तोकेको छ । जसअनुसार झापा, विराटनगर, धनुषाको महेन्द्रनगर, वीरगञ्ज, अमलेखगङ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा पेट्रोलको १०८ रुपैंयाँ ५० पैसा, डिजेल र मट्टीतेलको ९५ रुपैंयाँ ५० पैसा तथा पोखरा र दाङका लागि पेट्रोल १०९ रुपैंयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको ९६ रुपैंयाँ ५० पैसा नयाँ मूल्य तोकेको छ ।

निगमले चालू आर्थिक वर्षको केही महीनामा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा पुगि निगमलाई अध्याधिक घाटा भए पनि पछिल्लो १५ दिनमा भने नाफासमेत मिलाउँदा पनि अझै करीब रु तीन अर्ब २६ करोड घाटा भएको उहाँले जानकारी गराउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी