खोकनाको जग्गाकाे मुआब्जा बढाउँदा देशभर असर पर्छः गृहमन्त्री थापा

खोकनाको जग्गाकाे मुआब्जा बढाउँदा देशभर असर पर्छः गृहमन्त्री थापा

  • बिहिबार, मंसिर २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

२७ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले अहिलेकै अवस्थामा खोकनाकाे जग्गाको मुआब्जा वृद्धि गर्न नसकिने बताउनु भएकाे छ  । फास्ट ट्रयाकको प्रस्थान विन्दु खाेकनामा जग्गाकाे मुअाब्जामा वृद्धि गर्दा देशब्यापी रुपमै असर पर्ने भन्दै यसमा पुनर्विचार गर्न नसकिने बताउनु भयाे ।

बिहीबार संसदको राज्य व्यवस्था समितिको बैठकमा उहाँले मुआब्जा तोक्दा निश्चित मापदण्डकै आधारमा तोकिएको प्रष्ठ पार्दै त्यहाँ वृद्धि गर्दा देशब्यापी रुपमा नै असर पर्ने बताउनुभयाे ।

विभिन्न आयोजनाका लागि जग्गा अधिग्रहण गरिएको देशका धेरै ठाउँबाट मुआब्जा वृद्धिका लागि निवेदन आएको भन्दै मन्त्री थापाले खोकनाको लागिमात्र विशेष व्यवस्था गर्न नसकिने प्रष्ट पार्दै उहाँले भन्नुभयाे, ‘गृहलाई समस्या के छ भने कि त मापदण्ड बदल्नुपर्‍यो, मापदण्ड अनुसार जाने हो भने मुआब्जा बढाउन त सकिदैन’ उनले भने ‘यो आयोजनामा मुआब्जा वृद्धि गर्दा देशब्यापी रुपमा संबोधन गर्नुपर्छ ।’

हाल निश्चित मापदण्डकै आधारमा मुआब्जा निर्धारण भइरहेको भन्दै उहाँले मुआब्जा वृद्धि गर्ने हो भने सरकारले नीतिगत व्यवस्था गरेर नयाँ मापदण्ड बनाउनुपर्ने जिकिर गर्नुभयाे । ‘

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ