शेयर बजार बढ्यो

शेयर बजार बढ्यो

  • मङ्लबार, मंसिर १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 43.4K
    SHARES

काठमाडौँ, १८ मङ्सिर। 

धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव २७ विन्दुले बढेर एक हजार १४२ दशमलव शून्य एक बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६७ विन्दुले बढेर २४२ दशमलव ९३ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६१ कम्पनीको १२ लाख २२ हजार १४४ कित्ता शेयर रु ३८ करोड २६ लाख ५९ हजार ६७ मूल्यमा खरीद बिक्री भएको छ । विकास बैंक उपसमूहले नेतृत्व गरेपछि आज बजारमा सकारात्मक प्रभाव देखिएको हो ।

कारोवार भएका कूल दश उपसमूहमध्ये व्यापार र होटल उपसमूहको शेयर घटेको छ । व्यापार शून्य दशमलव ५१ र होटल तीन दशमलव ८१ विन्दुले घटेको छ । यस्तै बैंकिङ सात दशमलव २२, विकास बैंक ३२ दशमलव शून्य दुई, जलविद्युत् सात दशमलव ४४, वित्त दुई दशमलव ५२, निर्जीवन बीमा १५ दशमलव ११, अन्य १८ दशमलव ६९, माइक्रोफाइनान्स सात दशमलव ४५ र जीवन बीमा २० दशमलव शून्य एक विन्दुले बढेको छ ।

स्टकका अनुसार लक्ष्मी लघुवित्त वित्तीय संस्था, रैराङ हाइड्रोपावर कम्पनी, स्वदेशी लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, सनराइज बैंक लिमिटेडका शेयरधनीले कमाएका छन् । महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्था, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था र आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी