विराटनगर वारियर्सद्वारा प्रशिक्षक र तीन विदेशी खेलाडी अनुबन्ध

विराटनगर वारियर्सद्वारा प्रशिक्षक र तीन विदेशी खेलाडी अनुबन्ध

  • मङ्लबार, मंसिर १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौँ, १७ मङ्सिर ।  मङ्सिर २२ गतेदेखि हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि विराटनगर वारिवर्सले आज तीन विदेशी खेलाडी तथा प्रशिक्षकलाई क्लबमा भित्र्याएको छ । 

अघिल्लो संस्करणको विजेता रहेको विराटनगरले प्रत्येक टोलीले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियमानुसार नेदरल्याण्डस्का दुई र हङकङका एक खेलाडी क्लबमा अनुबन्ध गरेको जनाएको छ । विराटनगरले नेदरल्याण्डस्का पाउल भान मिकेरन र रोएलोफ भान डेर मेर्वी र भारतका स्मित पटेललाई क्लबमा अनुबन्ध गरेको हो । प्रशिक्षकमा भारतका उमेस पटवाललाई नियुक्त गरेको छ । पटवाल नेपाली राष्ट्रिय क्रिकेट टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक हुन् । यही मङ्सिर २२ देखि पुस ७ गतेसम्म हुने इपिएललाई यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मान्यता दिएको छ ।

इपिएलमा नेपालको विभिन्न छ शहरको नामबाट छ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसअघि नै केही टोलीले विदेशी खेलाडी अनुबन्ध गरिसकेका छन् । गत संस्करणदेखि एक टोलीले तीन विदेशी खेलाडी राख्नुपर्ने निर्णय भएको थियो । इपिएलमा साविक विजेता विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ