पेट्रोल र डिजेलमा प्रति लिटर दुइ रुपैया मूल्य घट्यो

पेट्रोल र डिजेलमा प्रति लिटर दुइ रुपैया मूल्य घट्यो

  • सोमवार, मंसिर १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । अढाइ महिनापछि मूल्य समायोजन गरेको निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान २/२ रुपैयाँ प्रतिलिटर घटाएको छ । सोमबार रातिबाट लागू हुने गरी मूल्य घटाएपछि उपत्यकामा पेट्रोल १ सय १२ र डिजेल तथा मट्टितेल ९९ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी)ले आइतबार पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको भाउ घटेर आएपछि नेपाली बजारमा पनि मूल्य समायोजन गरेको निगमले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी