आगामी असोजदेखि उत्पादन थाल्दै माथिल्लो सान्जेन जलविद्युत् आयोजना

आगामी असोजदेखि उत्पादन थाल्दै माथिल्लो सान्जेन जलविद्युत् आयोजना

  • सोमवार, मंसिर १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

रसुवा, १७ मंसिर । १४ दशमलव ८ मेगावाट क्षमताको रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माणाधीन माथिल्लो सान्जेन जलविद्युत् आयोजनाले आगामी असोजदेखि उत्पादन थाल्ने भएको छ ।

आयोजनाले अहिले सुरुङ तथा पेनस्टक निर्माणको काम सकेसँगै पावर हाउसको काम सुरु गरेकोे छ । आयोजनाले ३ सय ५० मिटर पेनस्टकमा पाइप राख्नुपर्ने काम गरिरहेको छ ।

२०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य लिई काम अगाडि बढाए पनि कामदारदारको अभाव, स्थानीयको माग, भूकम्प तथा नाकाबन्दीले सामग्री अभावलगायतका समस्याले काम ढिलाइ भएपछि तीन पटक म्याद थप गरेर आयोजनाले अहिले कामलाई तीब्रता दिएको बताइएको छ ।

आयोजना प्रमुख सुदनसिंह महतका अनुसार २०७६ असोजमा उत्पादन सुरु गर्ने गरी निर्माणको काम भइरहेकोे छ ।

आयोजनाको सिभिलतर्फ ७५, इलेक्ट्रोमेकानिकलतर्फ ६० र हाइड्रोमेकानिकलतर्फ ६० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी