जलविद्युत आयोजनाको लाईसेन्स बिक्रीबारे संसदीय समितिमा छलफल हुदै

जलविद्युत आयोजनाको लाईसेन्स बिक्रीबारे संसदीय समितिमा छलफल हुदै

  • मङ्लबार, मंसिर ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाडौं मंसिर ११ ।
भारतीय निर्माण कम्पनी जिएमआरले माथिल्लो मस्र्याङ्दी २ जलविद्युत आयोजनाको लाइसेन्स चिनियाँ कम्पनिलाई बिक्री गरेको विषयमा प्रतिनिधि सभाको अर्थ समितिले चासो देखाएको छ ।

सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकमा सो विषयमा छलफल गर्न सरोकारवाला निकायका पदाधिकारीलाई बोलाएको समितिले जनाएको छ ।

छलफलका लागि गभर्नर, लगानी बोर्डका कार्यकारी अधिकृत र अर्थ मन्त्रालयका कर सचिवलाई बोलाएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

राष्ट्रिय गौरवका आयोजनाका लाइसेन्स होल्ड गरेर राख्दा मुलुकलाई आर्थिक क्षेत्रमा पर्ने असरका बारेमा छलफल गर्न लागिएको उहाँले बताउनुभयो । यस्तै महिला तथा सामाजिक समितिले कार्यप्रगतिका बारेमा छलफल गर्न तीन वटा संवैधानिक आयोगका पदाधिकारीलाई बोलाएको छ ।

सिंहदरबारमा दिउँसो २ बजे बस्ने बैठकमा राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग र आदिवासी जनजाती आयोगका पदाधिकारीलाई बोलाएको समिति सचिव ह्दयराम महर्जनले जानकारी दिनुभयो ।

तीन वटै आयोगका हालको कार्यप्रगति र आगामी योजनाका बारेमा छलफल गर्ने समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ