तामाकोसीको सेयर मंगलबार बाँडफाँड हुने,चालिस कित्ताको दरले आवेदकले पाउने

तामाकोसीको सेयर मंगलबार बाँडफाँड हुने,चालिस कित्ताको दरले आवेदकले पाउने

  • आइतवार, मंसिर ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

माथिल्लो तामाकोसीको प्राथमिक सेयर आगामी मंगलबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक नागरिक लगानी कोषका उपव्यवस्थापक रोशनजंग कार्कीले मंगलबारका लागि मिति तय गरिएको जानकारी दिए।

कुल ३ लाख ४६ हजार १६६ आवेदन परेकोमा ६ हजारको संख्यामा रद्द भएको कार्कीले बताए। यसअघि सेयर पाएकाले पुनः आवेदन भरेपछि सो संख्याको आवेदन रद्द गरिएको हो।

यसअघि स्थानीयको कोटा, संचयकर्ता, नागरिक लगानी कोष तथा विद्युत प्राधिकरणका कर्मचारीलाई सेयर बाँडफाँड गरिएको छ। उनीहरुले पुनः आवेदन भरेमा रद्द गर्ने व्यवस्था छ।

३ लाख ४० हजारको हाराहारीका आवेदकले सेयर पाउने भएका छन्। कुल १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुलाइएको थियो। धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार पुगेसम्म न्यूनतम कित्ता सबैलाई दिनुपर्ने छ।

यो प्रावधानअनुसार भर्नेजति सबैले कम्तीमा ४० कित्ता सेयर पाउने छन्। सबैलाई ४० कित्ता वितरण गर्दा १ करोड ३६ लाख कित्ता वितरण हुनेछ। बाँकी २२ लाख ८५ हजार कित्ता रहने भएकाले कुल २ लाख २८ हजार ५ सय जनाले ५० कित्ताका दरले सेयर पाउने छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी