यो फासीवादी सत्ताको ठाउँमा छिट्टै अर्को चिज आउँदैछः पदम राई

यो फासीवादी सत्ताको ठाउँमा छिट्टै अर्को चिज आउँदैछः पदम राई

  • शनिबार, मंसिर ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

काठमाडौं, ८ मंसिर ।

नेकपाका पोलिटब्यूरो सदस्य (पीबीएम) पदम राई ‘विकास’ले भृकुटीमण्डपस्थि प्रदर्शनीमार्गमा जारी विशाव जनसभामा बोल्दै वर्तमान सत्ताको ठाउँमा अर्कै चिज ल्याउन लागिएको बताएका छन् ।

स्वगत मन्तव्य राख्दै नेता राईले वर्तमान सरकारलाई दलाल संसदीय व्यवस्थाअन्तर्गत गठित सामाजिक फासीवादी सरकार भएको बताउँदै अब जनताको साथ लिई नेकपाले अर्कै सत्ता ल्याउन एकीकृत जनक्रान्ति संचालन गरिरहेको बताए । ‘छिट्टै यो सत्ताको ठाउँमा अर्कै चिज आउँदैछ’ राईले भने ‘यसका लागि देशलाई बचाउन र माया गर्ने तथा राष्ट्रिय स्वाधीनताको पक्षधर सम्पूर्ण देशभक्त पक्ष, शक्ति तथा सुरक्षाकर्मीहरु एकजुट भएर आन्दोलनमा सरिक हुन अपिल गर्दछु ।’ उनले भने ‘कोही पनि नेपाली नेकपासँग डर मान्नुपर्ने कारण नै छैन । सरकारले हामीलाई युद्धको मैदानमा जाओस् भन्ने चाहेको छ तर अर्कै चिज हौं । युद्ध त फासीवादी सरकार र तिनका मतियारहरुले चाहेका छन् । त्यो हुन दिनेछैनौं ।’

जनसभा जारी छ । सभामा विभिन्न पार्टीबाट पार्टी अवसरवादी र लुटमा लागेको भन्दै त्यागेर नेकपामा प्रवेश गर्नेहरुको लहर पनि चलिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ