शेयर बजार: सामान्य अङ्कले वृद्धि

शेयर बजार: सामान्य अङ्कले वृद्धि

  • बुधबार, मंसिर ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ, ५ मङ्सिर

धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक बिन्दुले बढेर आज एक हजार १८२ दशमलव ७४ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत शून्य दशमलव ३५ बिन्दुले बढेर २५१ दशमलव ४६ बिन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज कूल १५१ कम्पनीको आठ लाख ५२ हजार ७६८ कित्ता शेयर रु २६ करोड ८८ लाख ८४ हजार २७२ मूल्यमा खरीद बिक्री भएको हो । कारोवार भएका कूल दश उपसमूहमध्ये पाँच उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ भने पाँच उपसमूहको शेयर भने घटेको छ ।

बैंकिङ १ दशमलव २२, विकास बैंक ८ दशमलव १३, वित्त शून्य दशमलव ९५, अन्य दुई दशमलव २७, जीवन बीमा ३० दशमलव ६५ बिन्दुले बढेको छ ।

यस्तै होटल २२ दशमलव ९३, जलविद्युत् ११ दशमलव ८७, निर्जीवन बीमा ७ दशमलव ४, उत्पादन ९ दशमलव ३४ र माइक्रोफाइनान्स शून्य दशमलव ८५ बिन्दुले घटेको छ । सामान्य अङ्कले वृद्धि भएको बजारमा साङ्ग्रिला विकास बैंक, साइन रेसुङ्गा विकास बैंक र नवील समृद्धि फण्ड एकका लगानीकर्ताले कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्स कम्पनी, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था, हिमालय पावर पार्टनर कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी