सरकारले जथाभावी कर लगाएको छैन : अर्थमन्त्री

सरकारले जथाभावी कर लगाएको छैन : अर्थमन्त्री

  • शनिबार, मंसिर १, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, मंसिर १ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले रहरले कर तिर्ने वातावरण तयार पारिने बताएका छन् । सातौं कर दिवसका अवसरमा आज काठमाडौंमा गरिएको कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले आम्दानीअनुसारको कर तिर्न सबैसँग आग्रह गरे ।

समृद्ध मुलुक निर्माणको लागि कर आवश्यक रहेको भन्दै उनले सरकारले जथाभावी कर नलगाएको पनि प्रष्ट पारे । उनले आफूले तिर्ने कर अफ्नै सुविधाका लागि हो भन्ने कुरा नबिर्सन पनि आग्रह गरे ।

समयमा कर नतिर्ने जो सुकैलाई पनि सरकारले कानुनको दायरामा ल्याउने उनको भनाई थियो । उनले कर प्रणालीलाई प्रभावकारी, नीतिगत, व्यवहारिक र वैज्ञानिकीकरण गर्ने पनि बताए ।

अर्थमन्त्री डा. खतिवडाले सरकार र नीजि क्षेत्रको हातेमालोबाट कर प्रणालीलाई व्यवस्थित गर्न सकिने भन्दै सहकार्यका लागि नीजि क्षेत्रलाई आग्रह गरे ।

कार्यक्रममा उत्कृष्ट कर दातालाई सम्मान गरिएको थियो । कर दिवस ‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने नाराका साथ साताव्यापी रुपमा मनाइँदै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ