वाइड बडीका कारण निगम ‘वित्तीय जोखिममा’

वाइड बडीका कारण निगम ‘वित्तीय जोखिममा’

  • शुक्रबार, कार्तिक ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

काठमाडौं, कार्तिक ३० ।

अपिरपक्व व्यावसायिक योजनाका भरमा वाइड बडी ल्याउँदा वित्तीय जोखिम बढेको नेपाल एयरलाइन्स स्वयंले देखाएको छ। ऋणैऋणको खाडलबाट उकास्न उसले सरकारसँग आर्थिक सहयोगको याचना गरेको छ।

कार्यकारी अध्यक्ष मदन खरेलले बिहीबार स्वेतपत्र जारी गर्दै भनेका छन्, ‘निगमसँग उपलब्ध नगद प्रवाहभन्दा तिर्नुपर्ने दायित्व अत्यधिक छ। वाइड बडी जहाजको व्यावसायिक योजनाअनुसार सञ्चालन नभएसम्म उक्त कमी पूर्ती गर्न निगमलाई तत्काल सरकारबाट आर्थिक सहायता आवश्यक छ।’

निगमले बिचौलियाको सञ्जाल खडा गरी दुई वाइड बडी जहाज ल्याएको छ। निर्माता एयरबसको वेबसाइटमा ती जहाज हाई फ्लाई नामक कम्पनीले नेपाललाई भाडामा दिएको उल्लेख छ। कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको १२-१२ अर्बसहित करिब २५ अर्ब रुपैयाँ त्यसमा खर्चिइएको छ। त्यसको दैनिक एक करोड रुपैयाँभन्दा बढी ब्याज मात्रै तिर्नुपर्छ।

अर्कातिर, दुवै वाइड बडी नयाँ गन्तव्यमा चलाइएको छैन। पहिलाका दुई न्यारो बडीको सेक्टर खोसेर तिनलाई बेला-बेला सञ्चालनमा ल्याइएको छ। स्वेतपत्रका अनुसार सबैजसो अन्तर्राष्ट्रिय उडान क्षेत्रमा यात्रु संख्या घट्दो छ। अर्थात्, यात्रु घटे। जहाज थपिए। सेक्टर बढेनन्। यसले निगमको नोक्सान तीव्र बढाएको छ।अन्नपूर्ण दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ