ललितपुर, २९ कार्तिक ।
ललितपुर महानगरपालिकालार्ई नेपालकै पहिलो विश्व हस्तकला सहर (वल्र्ड क्राफ्ट सिटी) को घोषणा गरिएको छ । राजधानीको भृकुटीमण्डपमा बुधबारबाट सुरु भएको १६ औं हस्तकला व्यापार मेला तथा १४ औं प्रतियोगितात्मक हस्तकला प्रदर्शनीको उद्घाटनका क्रममा विश्व कला परिषद्ले ललितपुरलार्ई बल्र्ड क्राफ्ट सिटी घोषणा गर्दै महानगरका मेयर चिरीबाबु महर्जनलार्ई प्रमाणपत्र वितरण गरिएको हो । परिषद्की एसिया प्रशान्त क्षेत्रकी अध्यक्ष डा. घाडा हिजामी कडामीले वल्र्र्ड क्राफ्ट सिटीको प्रमाणपत्र मेयर महर्जनलार्ई हस्तान्तरण गरिन् ।
विश्वकला परिषद्ले अहिलेसम्म संसारका ३५ वटा सिटीलार्ई वल्र्ड क्राफ्ट सिटी घोषणा गरिसकेको छ । जसमा एशियाका २७, अमेरिकी ६ र युरोपका २ वटा सहर रहेका छन् ।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले हस्तकलाले व्यापारघाटा कम गर्न सघाउ पु-याउने भन्दै यसका लागि सरकारले सेवा सुविधा दिन तयार भएको बताएका छन् ।