अखिल (क्रान्तिकारी)को केन्द्रिय समिति बैठक सम्पन्नः सिमा अतिक्रमण क्षेत्रमा आन्दोलन चर्काउने निर्णय

अखिल (क्रान्तिकारी)को केन्द्रिय समिति बैठक सम्पन्नः सिमा अतिक्रमण क्षेत्रमा आन्दोलन चर्काउने निर्णय

  • बिहिबार, कार्तिक २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 27.8K
    SHARES

काठमाण्डौ, २९ कार्तिक ।
नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को तेस्रो केन्द्रिय समितिको बैठक सम्पन्न भएको छ ।
काठमाडौंमा तीन दिन सम्म चलेको केन्द्रिय समितिको पूर्ण बैठकले संघर्षका कार्यक्रम सहित बिभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।
बैठकले सीमा अतिक्रमण र ज्यादतीको विरोधमा संघर्ष चर्काउने निर्णय गरेको छ । भारतीय पक्षबाट गरिएको सीमा अतिक्रमणको बिरोधमा बिरगन्ज, झापा, सुनसरी, कञ्चनपुर, कैलाली लगायतका भारतसँग सिमा जोडिएका देशभरका सिमा क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेका संगठनका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बि.क.ले जानकारी दिनुभयो ।
भारतीय हस्तक्षेप र सीमा अतिक्रमणको विरुद्ध नेकपानिकट अखिल (क्रान्तिकारी)ले लामो समयदेखि आन्दोलन गर्दै आएको छ । भारतिय साम्राज्यवाद द्वारा सिमा मिचिएको र अनावश्यक हस्तक्षेप गरिरहेको भन्दै संगठनले सिमा मिचिएका स्थानहरु स्थलगत अनुगमन पनि गरेको छ ।
यस्तै बैठकले बिद्यार्थीको हक, अधिकारको पक्षमा संघर्ष गर्ने र देशव्यापि रुपमा संगठन विस्तार अभियान चलाउने पनि निर्णय गरेको छ । जसअन्तरगत बैठकले तीन महिने कम्युनिष्ट विद्यार्थी अभियान सन्चालन गर्ने भएको छ ।
बैठकले कम्युनिष्ट विद्यार्थी अभियान नै चलाउने निर्णय गरेका नेता बि.क.ले जानकारी दिनुभयो । शिक्षा क्षेत्रको व्यापारीकरण, निजीकरणको अन्त्य र वैज्ञानिक समाजवादी शिक्षा स्थापनाका लागि देशव्यापि संघर्ष गर्ने समेत बैठकको निर्णय छ ।

पछिल्लो समय शिक्षा क्षेत्रमा निजीकरण सँगै व्यापारीकण हुँदै गएको छ । सार्वजनिक शिक्षाको स्तरोन्नति गर्न ध्यान दिनुपर्ने अवस्थामा शिक्षालाई ‘निजीकरण, व्यापारीकरण र माफियाकरण’ गरिएको भन्दै बिद्यार्थी संगठनले संघर्ष गर्न लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी