एकै दिन तीन आयोजनासँग पिपिए

एकै दिन तीन आयोजनासँग पिपिए

  • आइतवार, कार्तिक ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौँ, ११ कात्तिक

नेपाल विद्युत् प्राधिकरणले १४० मेगावाट क्षमताका तीन जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता(पिपिए) गरेको छ ।

प्राधिकरणले आज सुपर त्रिशूली, दूधखोला र मच्छेखोला जलविद्युत् आयोजनासँग सम्झौता गरेको हो । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार ब्लु इनर्जीले निर्माण गर्ने ७० मेगावाट क्षमताको सुपर त्रिशूलीको विद्युत् खरिद सम्झौता भएको छ ।

सो आयोजनाको क्षमता १०० मेगावाट बराबर हुने भए पनि तत्कालका लागि प्राधिकरणले ७० मेगावाट मात्रै खरिद गर्न लागेको हो । सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका कार्यकारी निर्देशक बरुण सराफले हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार सो आयोजनाबाट उत्पादित विद्युत् हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र बर्खामा प्रतियुनिट चार रुपैयाँ ८० पैसामा प्राधिकरणले खरिद गर्नेछ । आगामी छ महीनाभित्र वित्तीय व्यवस्थापन गरेर आयोजना निर्माणमा जाने प्रवद्र्धक ब्लु इनर्जीले जनाएको छ ।

आयोजनाको विद्युत्गृहमा ३३.३३ मेगावाट क्षमताका तीन वटा टर्वाइन राखिनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् १८ किलोमिटर दूरीको २२० केभी न्यू मार्किचोक सवस्टेसनमा लगेर जोडिनेछ ।

यसैगरी आज नै मनाङमा आयोजना स्थल रहेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनाको पनि विद्युत् खरिद सम्झौता भएको छ । सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र प्रवद्र्धक सीता हाइड्रो पावर कम्पनीका निर्देशक सतिस तिम्सिनाले हस्ताक्षर गर्नुभयो ।

त्यस्तै प्राधिकरणले आजै विकास हाइड्रो पावरले निर्माण गर्न लागेको ४.५५ मेगावाट क्षमताको मच्छेखोला जलविद्युत् आयोजनाको समेत विद्युत् खरिद सम्झौता भएको छ । ती आयोजनाले आगामी छ महीनाभित्र वित्तीय व्यवस्थापन गरी निर्माणमा जाने प्रतिबद्धता जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी