धितोपत्र बजारमा छ कम्पनीका शेयर सूचीकृत

धितोपत्र बजारमा छ कम्पनीका शेयर सूचीकृत

  • शनिबार, कार्तिक १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौँ, १० कात्तिक । 

धितोपत्र बजारमा यस साता विभिन्न छ कम्पनीका ९७ लाख ११ हजार ७२२ कित्ता शेयर सूचीकृत भएका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार विभिन्न वित्तीय संस्थाको लाभान्स र हकप्रद शेयर बजारमा सूचीकृत भएको हो । स्टकका अनुसार गण्डकी विकास बैंकको सबैभन्दा बढी ४४ लाख ५० हजार ९२२ कित्ता लाभान्स शेयर सूचीकृत भएको छ । आर्थिक वर्ष २०७४÷७५ को नाफाको आधारमा सो बैंकले शेयरधनीलाई लाभान्स शेयर दिएको हो ।

प्रभु इन्सुरेन्स कम्पनीको पनि ३१ लाख ६६ हजार ६७७ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । स्टकका अनुसार समिट लघुवित्त वित्तीय संस्थाको आठ हजार ४४० कित्ता हकप्रद शेयर यसै साता सूचीकृत भएको हो । यस्तै अर्को इन्स्योरेन्स कम्पनी सूर्या लाइफको पनि १२ लाख १२ हजार ७५० कित्ता लाभान्स शेयर सूचीकृत भएको छ

पोखरा फाइनान्सको छ लाख २२ हजार ९३३ कित्ता र समिट लघुवित्त वित्तीय संस्थाकै दुई लाख ५० हजार कित्ता लाभान्स शेयर सूचीकृत भएका छन् । यही कात्तिक ४ गते एक हजार २४६ दशमलव ५२ बिन्दुमा रहेको कारोवार मापक नेप्से परिसूचक कारोवारको अन्तिम दिन कात्तिक ८ गते एक हजार २४१ दशमलब ११ बिन्दुमा पुगेको छ । यस्तै साताको पहिलो दिन क वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २६५ दशमलव २८ बिन्दुमा रहेकामा अन्तिम दिन घटेर २६४ दशमलव शून्य एक बिन्दुमा पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी