नेपालको कमजोर अर्थप्रणालीका कारण भारतसगँको व्यापारीक परनिर्भरता र आयातमा कमी आएको छैन । कम्युनिष्ट सरकारले समेत यसको समाधान गर्न सकेको छैन । यस अवधिमा मुलुकको व्यापार घाटा रु तीन खर्ब ४९ अर्ब ८४ करोड पुगेको छ । जसमध्ये सबैभन्दा बढी भारतसँग मात्र रु दुई खर्ब २३ अर्ब छ ।
यस वर्ष पनि पहिलो तीन महिनामा भारतसगँको आयात ६३ प्रतिशत कायम देखिएको छ ।
यस अबधिमा भारतबाट मात्रै २ खर्ब ६३ अर्ब अर्बको सामान आयात भएको छ । त्यसपछि सबैभन्दा बढी चीनबाट रु ५३ अर्ब, फ्रान्सबाट रु १४ अर्ब, युनाइटेड अरब इमिरेट्स (युएई) बाट आठ अर्ब, थाइल्याण्डबाट रु चार अर्बका विभिन्न वस्तु आयात भएको देखिन्छ । चालू आवको तीन महीनामा निर्याततर्फ भने नेपालबाट विभिन्न मुलुकमा कूल रु २३ अर्ब ७४ करोडको विभिन्न वस्तु निर्यात भएको निर्देशक आचार्यले जानकारी दिनुभयो ।
तीन महीनामा नेपालबाट रु दुई अर्ब २४ करोडको कच्चा धागो, रु दुई अर्ब ३४ करोडको गलैँचा, रु एक अर्ब ९० करोडको गार्मेन्ट निर्यात भएको छ । निर्यात सबैभन्दा बढी भारत र त्यसपछि संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र जर्मनीमा भएको देखिन्छ ।
मुलुकको बढ्दो घाटा विभिन्न मुलुकबाट भित्रने विप्रेषणले धानेको छ । हाल मुलुकमा विदेशमा काम गर्ने नेपालीबाट प्रतिमहीना झण्डै रु ८५ अर्ब विप्रेषण भित्रने गरेको छ ।