मध्यभोटेकोसी जलविद्युत् कम्पनीले आइपीओ बिक्री गर्दै

मध्यभोटेकोसी जलविद्युत् कम्पनीले आइपीओ बिक्री गर्दै

  • बुधबार, कार्तिक ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं। मध्यभोटेकोसी जलविद्युत् कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई साधारण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ ।

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीकारुपमा स्थापित सो कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाले रु एक अर्ब ४४ करोड बराबरको एक करोड ४४ लाख कित्ता सीमित साधारण सेयर बिक्री गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डले गत असोज २९ गते सीमित साधारण सेयर बिक्रीका लागि स्वीकृति दिएको हो ।

उक्त सेयरमा आयोजनाका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीले आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३७ प्रतिशत सेयर रहेको छ । यस्तै, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत लगानी रहेको छ ।

यस्तै, सिन्धु भोटेकोसी हाइड्रोपावर कम्पनी, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी र सिन्धु इन्भेस्टमेन्टको समान एक/एक प्रतिशत सेयर रहेको छ ।

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, स्थानीयवासी र आम सर्वधारणको गरी कुल ४९ प्रतिशत सेयर रहनेछ । यस्तै, लगानीकर्ता संस्थाको कुल ५१ प्रतिशत सेयर रहनेछ ।

आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण लगानी गरेको छ ।

आयोजनाको हाल कुल भौतिक प्रगति ४५ प्रतिशतको हाराहारीमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी