जुम्ला विमानस्थल एक महीना बन्द गरिने

जुम्ला विमानस्थल एक महीना बन्द गरिने

  • मङ्लबार, कार्तिक ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

जुम्ला, ६ कात्तिक । जिल्ला सदरमुकाम खलङ्गास्थित विमानस्थलको स्तरोन्नति गरिने भएपछि एक महीनाका लागि उडान बन्द हुने भएको छ । 

विमानस्थल प्रमुख कैलाश शर्माका अनुसार अहिले पनि जहाज अवतरण हुनुभन्दा अघिपछि स्तरोन्नति भइरहेको छ । स्तरोन्नति छिटो सिध्याउन बिहीबारदेखि उडान बन्द गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । यहाँ तारा, सीता, समिट र नेपाल वायुसेवा निगमको जहाजले उडान भर्ने गरेका छन् । विमानस्थलको धावनमार्ग र ह्याङ्गरतर्फ पहिला गरिएको कालोपत्र उप्किसकेकाले स्तरोन्नति गर्न लागिएको हो ।

दशैँतिहारमा जहाज बन्द नगर्नुपर्ने भए पनि मौसमको अनुकूलताले बन्द गर्नुपरेको प्रमुख शर्माले जानकारी दिनुभयो । चापका समयमा विमानस्थल बन्द भएकामा दुःख व्यक्त गर्दै स्थानीयवासीले छिटो काम सक्न माग गरेका छन् । स्तरोन्नतिका लागि चाहिने कामदार र निर्माण सामग्री आइसकेकाले स्तरोन्नतिमा ढिला नहुुने बताइएको छ । मङ्सिर–पुसमा चिसोले कालोपत्र गर्न नसकिने भएकाले कात्तिकभित्रै काम सक्ने गरी तयारी भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी