पशुपालनबाट मनग्य आम्दानी

पशुपालनबाट मनग्य आम्दानी

  • मङ्लबार, अशोज ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

बुटवल, ३० असोज । कोरियाको गाई, बाख्रा, कुकुरको फार्ममा लामो अनुभव हासिल गर्नुभएका रुपन्देही सैनामैना– ४ का गिरीराज भट्टराईले पशुपालन गरेर मनग्य आम्दानी गर्न सफल भएको छ ।

हिमालयन पशुपालन फार्म सञ्चालन गरेर मासिक रु ६० हजार आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । भट्टराईले भन्नुभयो, “कोरियामा मैले गाईबाख्रा, कुकुर र कुखुराको खोर बनाउने कम्पनीमा काम गरेको थिए, त्यसैका आधारमा मैले यहाँ दूध उत्पादन गर्न पशुपालन फार्म सञ्चालन गरेको छु ।”

कोरियाबाट फर्केर फर्निचर व्यवसायमा हात हाल्नुभएका उहाँले सो व्यवसायमा सफलता नपाएपछि पशुपालन व्यवसाय शुरु गर्नुभएको हो । भट्टराईको पशुपालन फार्मबाट दैनिक ७५ लिटर दूध उत्पादन हुने गरेको छ । त्यसबाट मासिक रु एक लाख ५७ हजार आम्दानी हुने उहाँले बताउनुभयो । फार्ममा ११ भैँसी र तीन उन्नत जातका गाईबाट उत्पादन हुने गरेको दूध स्थानीय बजारमा नै खपत हुने गरेको बताइएको छ । गुजराति मुर्रा, अर्ना, जर्सी र होलस्टेन जातका गाई र भैँसी उक्त फार्ममा देख्न पाइन्छ ।

“भैँसीभन्दा गाईबाट धेरै आम्दानी हुने गरेको छ, त्यति मात्रै होइन दूध उत्पादन क्षमता पनि गाईभन्दा भैँसीको कम हुन्छ” उहाँले भन्नुभयो, “ पशुपालन गर्दा कोरियामा सरकारले सबै कुराको व्यवस्थापन गर्छ तर यहाँ अनुदान वा अन्य सुविधाका लागि पनि पहुँचवाला नै चाहिन्छ ।”

पशुपालन गर्दा कोरियामा कुन पशु पाल्ने हो, पहिले त्यसको छनोट गरिन्छ । गाई पाल्नेले कुकुर पाल्न नपाइने र कुकुर पाल्नेले कुखुरा पाल्न नपाइने नियम कोरियामा रहेको उल्लेख गर्दै उहाँले पशुपालन व्यवसायमा सफलता हासिल गर्न गाईको दूध उत्पादन पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

छ वर्षदेखि पशुपालन गर्नुभएको भट्टराइले कोरियाको पशुपालन गर्ने प्रविधि र पद्दति तथा नेपालमा पशुपालन गर्ने प्रक्रिया निकै भिन्न रहेको बताउनुहुन्छ । कोरियाका सरकारले खोर बनाउन मात्रै ७५ प्रतिशत अनुदान दिइने गरिन्छ तर नेपालमा बनाइसकेपछि मात्रै अनुदान दिने चलन छ ।

एउटा गाईबाट मात्रै दूध उत्पादन शुरु गर्नुभएको उहाँको फार्ममा अहिले रु १५ लाखको लगानी छ र त्यसलाई अझ विस्तार गर्ने लक्ष्य छ । सैनामैनालाई दूूध उत्पादनमा आत्मनिर्भर बनाउन कृषि तथा पशुपालनतर्फ लगानी बढाउने र कृषि तथा पशु बीमालाई प्रोत्साहित गरी सहकारीमार्फत व्यावसायिक कृषि उत्पादन गर्ने समूहलाई विशेष अनुदानको व्यवस्था गरिने सैनामैना नगरपालिकाको आर्थिक वर्ष ०७४÷७५ को नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

रुपन्देहीमा करीब ४०० गाई फार्म र २०५ भँैसी फार्म दर्ता छन् । जसमा कूल रु ३० करोड भन्दा बढी लगानी रहेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी