भदौ महिनामा  मात्रै सरकारले कस्लाई बाँड्यो एक करोड ६२ लाख, कसले कति पाए ?

भदौ महिनामा  मात्रै सरकारले कस्लाई बाँड्यो एक करोड ६२ लाख, कसले कति पाए ?

  • बिहिबार, अशोज १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं ।

सरकारले विभिन्न व्यक्ति र संस्थाका नाममा आर्थिक उपचार सहयोग, भ्रमण भत्ता लगायतका शीर्षकमा भदौ महिनामा झण्डै २ करोड रुपैयाँ बाँडेको छ । सरकारले एक करोड ६२ लाख ९५ हजार ५ सय ५५ रुपैयाँ वितरण गरेको छ । अर्थ मन्त्रालयका अनुसार भदौ महिनामा  विभिन्न शीर्षकमा ३३ लाख ६१ हजार देखि ३२ हजार रुपैयाँ सम्म व्यक्ति र संस्थालाई वितरण गरिएको छ  ।

सबैभन्दा धेरै रकम नेपाली कांग्रेसका नेता नरहरि आचार्यको उपचार खर्चबापतको रकम छ । सरकार आचार्यको उपचार गर्दा लागेको खर्चका लागि ३३ लाख ६१ हजार ५ सय ४५ रुपैयाँ निकाशा गरेको छ ।

यस्तै रामेछापका भिमबहादुर श्रेष्ठको उपचारका लागि १० लाख,  तनँहुकी इन्दिरा तिमिल्सिनालाई ७ लाख, नुवाकोटका अर्जुन पाण्डेका हकवालालाई ३ लाख, बर्दियाका गयाप्रसाद चौधरी र रुपन्देहीका बेदप्रसाद रेग्मीलाई १-१ लाख रुपैयाँका दरले उपचार खर्च दिइएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापालाई डीएफआईडीको कार्यक्रममा सहभागी हुन जाँदा भैपरी खर्च भनेर ३२ हजार ९ सय ५० रुपैयाँ सरकारले दिएको छ ।

कञ्चनपुमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवार र आन्दोलनमा ज्यान गुमाएका सन्नी खुनाका परिवारलाई जनही १०-१० लाख रुपैयाँका दरले रकम निकाशा भएको छ । यस्तै युवराज खड्कालाई ३ लाख र  महोत्तरीका हरिशंकर मिश्रालाई ५ लाख रुपैयाँ सरकारले दिएको छ ।

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित चीनमा जाने कार्यक्रमको हवाई भाडा, भैपरी खर्च, सहसचिव र उपसचिवको दैनिक भत्ताको लागि ३ लाख ४३ हजार ९ सय २० रुपैयाँ सरकारले दिएको छ ।

कसले कति पाए ? हेर्नुस् सूची

[gview file=”https://mirmireonline.com/wp-content/uploads/2018/10/data.pdf”]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ