उपत्यका बन्दको पूर्वसन्ध्यामा नेकपाले निकाल्यो मशाल जुलुस

उपत्यका बन्दको पूर्वसन्ध्यामा नेकपाले निकाल्यो मशाल जुलुस

  • शनिबार, अशोज ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

६ असोज, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको भोलि ७ गतेको उपत्यका बन्दको पूर्वसन्ध्यामा उपत्काका विभिन्न स्थानमा शनिबार साँझ भव्यरुपमा मशाल जुलुस निकालिएको छ ।

शनिबारे बेलुका काठमाडौंको नयाँ बसपार्क, गोंगबु, बालाजु, कलंकी, जोरपाटी, नैकाप, किर्तीपुर, बल्खु, कोटेश्वर तथा लतिलपुरको सात दोबाटो, धापाखेल, चापागाउँ, हरिसिद्धि, हात्तीवन, इमाडोल र भक्तपुरको पलाँसे, ब्यासी, कमलविनायक, सल्लाघारी, पुरानो ठिमी, घठ्ठघर, पेप्सीकोला, सानोठिमी, दुवाकोट, धदिकोटलगायत स्थानमा राँको बालेर सरकारविरुद्ध चर्का नाराबाजी गरिएको हाम्रा संवाददाताहरुले जनाएका छन् ।

काठमाडौंको मुटु मानिने भेडा सिंहमा जन गणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगरको नेतृत्वमा पचासौं जनाको सहभागितामा विशाल मसाल जुलुस निकालेका छन् । जुलुसपछि भोलिको उपत्यका बन्द सफल र भव्य बनाउन स्थानीय रुपमै उनले व्यापारी, मजदुर, व्यवसायीसँग आग्रह गरेका थिए । डल्लु, स्वयम्भू र वनस्थलीमा पनि मशाल जुलुस कार्यक्रम सम्पन्न भएको नेकपा उपत्यका ब्यूरोका एक सदस्यले जानकारी दिए ।

नेकपा प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित नेताहरुलाई भोलि बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस र सुनुवाईका लागि सर्वोच्च अदालतमा ल्याउँदैछन् । प्रवक्तालाई उदयपुरबाट ल्याउँन लागिएको हो । त्यहाँ उनलाई बम विष्फोट अभियोग लगाइएको छ ।

प्रकाण्ड, जीवन्त, गम्भीर शिलु, विकास, पुनलगायत नेताहरुलाई बिना कारण गिरफ्तार गरी झुठा मुद्दामा फसाउने खोजेको भन्दै विरोधस्वरुप नेकपा उपत्यका ब्यूरोले उक्त उपत्यका बन्दको आह्वा गरेको हो ।

महंगी, भ्रष्टचार, तस्करी, कालो बजारिया, राष्ट्रघात, हत्या, हिंसा, बलात्कार तथा दलालीकरण र माफियाकरणको विरोधमा पनि आवाज उठाएर बन्द सफल तुल्याउन सबैसँग अपिल गरेको छ ।

तस्बिर स्रोतः गुगल

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ