अमेरिकामा फ्लोरेन्स समुद्री आँधीमा परेर ४ जनाको मृत्यु, ६ लाख घरमा विद्युत् सेवा अबरुद्ध

अमेरिकामा फ्लोरेन्स समुद्री आँधीमा परेर ४ जनाको मृत्यु, ६ लाख घरमा विद्युत् सेवा अबरुद्ध

  • शनिबार, भदौ ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

काठमाडौं, ३० भदौ । अमेरिकाका पूर्वी तटीय क्षेत्रमा आएका फ्लोरेन्स नामक शक्तिशाली समुद्री आँधीमा परेर कम्तिमा ४ जनाको मृत्यु भएको छ ।

आँधीका कारण त्यहाँका ६ लाख घरमा विद्युत् सेवा अबरुद्ध भएको छ ।

उत्तरी क्यारोलिना, दक्षिणी क्यारोलिना र भर्जि्नियाको तटीय इलाकाका झन्डै १७ लाख व्यक्तिलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।

जोखिमयुक्त क्षेत्रका विमानस्थलहरु बन्द गरिएको छ । यसको बाबजुद कयौं मानिस प्रभावित क्षेत्रमै फसेका छन् । फसेकाहरुलाई उद्दारको प्रयास भइरहेको छ ।

प्रतिघण्टा १ सय १० किलोमिटरको रफ्तारमा आएको आँधीसँगै भीषण वर्षासमेत भइरहेको छ ।

आँधीका कारण यहाँको जनजीवन अस्तव्यस्त भएको छ । विद्यु्त् आपूर्ति सुचारु गर्न एक हप्तासम्म लाग्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ