अमेरिकामा फ्लोरेन्स समुन्द्री आँधीले थुप्रै मानिसको मृत्य हुन सक्ने चेतावनी

अमेरिकामा फ्लोरेन्स समुन्द्री आँधीले थुप्रै मानिसको मृत्य हुन सक्ने चेतावनी

  • शुक्रबार, भदौ २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

एजेन्सी, भदौ २९ ।
अमेरिकी अधिकारीहरुले अमेरिकाको पूर्वी तटको नजिकहुँदै आइरहेको समुन्द्री आँधी फ्लोरेन्सका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी दिएका छन् ।

फेडरल इमरजेन्सी म्यानेजमेन्ट एजेन्सीका वरिष्ठ अधिकारी ब्रोक लोंगले समुन्द्री आँधीका कारण नजिकका तटिय इलाकामा बाढी आउन सक्ने बताएका छन् ।

फ्लोरेन्स आँधीको रफ्तार १६५ किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ । हावाको गतिका कारण खतरा उत्पन्न भएको अधिकारीहरुले बताएका छन् ।

भर्जिनीया र केरोलिना राज्यमा केही फिटसम्म पानी जम्न सक्ने खतरा रहेको छ । आँधीको रफ्तार केही कम भए पनि त्यसको कारणले हुन सक्ने बर्षामा भने कुनै कमि नहुने अधिकारीहरुको भनाइ छ ।

मौसम वैज्ञानिकहरुले फ्लोरेन्सको बास्तविक असर स्थानीय समयअनुसार शुक्रबारको साँझ देखिने छ ।

क्षतिको आशंकामा उत्तरी क्यारोलिना, दक्षिणी क्यारोलिना र भर्जि्नियाको तटीय इलाकाका झण्ठै १७ लाख व्यक्तिलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । जोखिमयुक्त क्षेत्रका विमानस्थलहरु बन्द गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ