काठमाडौं, २८ भदौ । चीनको दक्षिणी हुनान प्रान्तको हेगयांग शहरको व्यस्त चोकमा एक व्यक्तिले अन्धाधुन्ध कार चलाउँदा ९ जनाको मृत्यु भएको छ ।
घटनामा अन्य ४३ जना घाइते भएको अन्तर्रा्ष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
स्थानीय समयअनुसार साँझ पौने आठ बजे बिनजियांग चोकमा रातो रङको एसयूवी कारले थुप्रै व्यक्तिहरुलाई ठक्कर दिएको थियो ।
स्थानीय संचार माध्यमहरुले त्यसक्रममा केही व्यक्तिहरुमाथि चक्कु प्रहार भएको पनि बताएका छन् ।
सुरक्षा अधिकारीहरुले कार चलाउने व्यक्ति आपराधिक पृष्ठभूमीको रहेको र उसलाई पक्राउ गरिएको जनाएका छन् ।
घटनामा चरमपंथीहरुको संलग्नता रहे या नरहेको बारेमा भने केही खुलाइएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline