पादरीद्वारा ३६ सय बढी बालबालिकामाथि शारीरिक शोषण गरेको खुलासा

पादरीद्वारा ३६ सय बढी बालबालिकामाथि शारीरिक शोषण गरेको खुलासा

  • बिहिबार, भदौ २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

एजेन्सी, २८ भदौ ।
जर्मनीमा रोमन क्याथोलिक पादरीहरुले ३६ सय भन्दा बढी बालबालिकामाथि शारीरिक शोषण गरेको खुलासा भएको छ ।

सन् १९४६ देखि २०१४ सम्मको अवधिमा पादरीहरुले बालबालिकामाथि शारीरिक शोषण गरेको पाइएको रोमन क्याथोलिक चर्च आफैंले गरेको एक अध्ययन प्रतिवेदन बाहिरिएको हो । १३ वर्ष भन्दा कम उमेरका बालकहरु बढी जसो शारीरिक शोषणको शिकार हुने गरेको प्रतिवेदनमा उल्लेख गरिरहेको बीबीसीले जनाएको छ ।

प्रतिवेदनमा १ हजार ६ सय ७० पादरीले ३ हजार ६ सय ७७ बालिकामाथि यौन हिंसा भएको तथ्य रहेको जर्मनीको आउटलेट स्पिगल अनलाइनलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

चर्चका प्रवक्ताले प्रतिवेदनलाई अत्यन्त लज्जास्पद र निराशाजनक भनेका छन् ।

रोमन क्याथोलिक पादरीद्वारा दशकौंदेखि भइरहेको यौन दुर्व्यवहारका घटनाको लामो श्रृंखलालाई संसारभर सार्वजनिक गर्न सो प्रतिवेदन कोसेढुङ्गा हुनसक्ने जनाइएको छ ।

सो अवधिमा भएका यौनजन्य हिंसामध्ये ३८ प्रतिशत घटनामा मात्रै मुद्दा चलेको र सामान्य अनुशासन सुधारका सजाय मात्रै दिइएको सो प्रतिवेदनमा उल्लेख छ ।

तीमध्ये एउटा बलात्कारको घटना समेत रहेको थियो । कतिपय घटनाहरुको बारेमा सबुत प्रमाण समेत मेटाइएको पाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ