एजेन्सी, भदौ २७ । लिबियाको तटीय क्षेत्रमा भएको डुंगा दुर्घटनामा एक सय जनाको मृत्यु भएको छ ।
अवैधानिक रुपमा इटली प्रवेश गर्न रबरको डुंगामा चढेर जाँदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन् । इटली जाँदै गरेका उनीहरु भूमध्य सागरको बीचमा पुगेपछि रबरको डुंगामा हाम फालेका थिए ।
आप्रवासीहरुलाई इटली प्रवेशमा रोक लगाएपछि उनीहरु अवैधानिक रुपमा प्रवेश गर्न खोज्दा दुर्घटनामा परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यही सेप्टेम्बर १ मा दुईवटा रबरको डुंगामा उनीहरु बाहिर निस्किएका थिए । तीमध्ये एउटा डुंगा डुबेको हो । दुर्घटनाबाट बचेका २७६ जनालाई लिबियाई शहर खोम्स लगिएको छ । तर कतिपयले भने यी मानिसहरुलाई मनोमानी ढंगले हिरासतमा लिइएको जनाएका छन् ।
अन्तर्रा्ष्ट्रिय प्रवासी संगठनका अनुसार यस वर्ष भूमध्य सागर पार गर्न खोज्न १ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।