रुसद्वारा शीतयुद्धपछि कै ठूलो सैन्य अभ्यास सुरु

रुसद्वारा शीतयुद्धपछि कै ठूलो सैन्य अभ्यास सुरु

  • मङ्लबार, भदौ २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, भदौ २६ ।
रुसले शीतयुद्धपछि कै सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेको छ । पूर्वी सर्वियामा भैरहेको सैन्य अभ्यासमा करिब ३ लाख सैनिक सहभागि छन् ।

सेप्टम्बर १७ सम्म चल्ने अभ्यासमा भाग लिने सेनाको यो संख्या दोस्रो विश्वमा परिचालित सेनाको संख्याको हाराहारीको मानिएको छ । यसमा ३६ हजार ट्यांक, हजारभन्दा बढी विमान, बख्तरबन्द गाडीलगायत प्रयोग गरिने रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

भोस्टोक–२०१८ नाम दिइएको अभ्यास सेनाको पाँच वटा अभ्यासस्थलमा फैलिएको छ भने चार वटा एअर वेशको उपयोग गरिने छ । चीनले बख्तरबन्द गाडी र विमानसहित आफ्ना ३२ सय सेना पठाएको छ भने मंगोलियाले पनि केही सैनिक पठाउँदैछ ।

रुसले शीत युद्धताका यस्तै तहको सैन्य अभ्यास गरेको थियो तर अहिलेको अभ्यासमा सहभागी सेनाको संख्या भने बढी छ । उत्तर एटलान्टिक सैन्य संगठन नेटोसँग तनाव चुलिरहेका बेला रुसले यो सैन्य अभ्यास गरेको हो ।

सन् २०१४ मा युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया आफुमा विलय गराएपछि अमेरिका हावी रहेको २९ सदस्यीय नेटोसंगको रुसको सम्बन्ध बिग्रिएको छ ।

क्रेमलिनका प्रवक्ताले सैन्य अभ्यासलाई रुसमाथिको आक्रामक र अमित्रतापूर्ण व्यवहारविरुद्धको उचित जवाफ भएको जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ