अमेरिकाको पूर्वी तटीय क्षेत्रमा ‘फ्लोरेन्स’ नामको समुद्री आँधीको खतरा

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा ‘फ्लोरेन्स’ नामको समुद्री आँधीको खतरा

  • मङ्लबार, भदौ २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

एजेन्सी, भदौ २६ ।
अमेरिकाको पूर्वी तटीय क्षेत्रमा फ्लोरेन्स नामको समुद्री आँधी आउने चेतावनी दिइएको छ । यो आँधी अमेरिकामा एक दशकयताको ठूलो हुने बताइएको छ ।

ठूलो आँधी आउने खतरा बढेपछि जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा लैजान सुरु गरिएको छ । दक्षिण क्यारोलिनाका गभर्नरले राज्यका सम्पूर्ण तटीय क्षेत्र खाली गर्न निर्देशन दिएका छन् ।

नर्थ क्यारोलिना र भिर्जि्नियाले आपतकालको घोषणा गरेको छ । समुद्रि आँधीबाट मानिसहरुलाई बचाउनका लागि सुरक्षित स्थानमा लैजाने काम भैरहेको छ । यो आँधी बिहीबार क्यारोलिना प्रवेश गर्ने अनुमान गरिएको छ ।

अहिले १ सय ९५ किलोमिटर प्रतिघण्टाको गीतमा हावा चलिरहेको त्यहाँका अधिकारीले बताएको बीबीसीले उल्लेख गरेको छ । स्थानीय समय अनुसार सोमबार बिहान यो आँधी नर्थ क्यारोलिनाको केप फेयरबाट २००० किलोमिटर टाढा थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ