एजेन्सी, २३ भदौ ।
सिरियाको इडलिबमा भएको द्वन्द्वका बारेमा टर्की र रूस बिभिाजित भएका छन् ।
ईड्लिबमा युद्धविरामका लागि टर्कीले गरेको आग्रह रुसले अस्वीकार गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई टर्कीले आंतकवाद विरुद्धको कारबाहीमा सर्वसाधरणको रगत नबगाउन आग्रह गरेको थियो ।
३० लाख मानिसको बसोवास रहेको इदलिब, विद्रोहीको अन्तिम मुख्य पकड क्षेत्र मानिन्छ । सिरियाली सरकारी सेना सँग रुस र ईरान गठबन्धनको सेनाले ठुलो कारबाहीको योजना बनाएको भन्दै यसअघि अमेरिकाले समेत त्यसो नगर्न सिरियाली सरकारलाई चेतावनी दिएको थियो ।
सन् २०११ देखि गृहयुद्धको चपेटामा परेको सिरियामा ३ लाख ५० हजारले ज्यान गुमाईसकेको बीबीसीले उल्लेख गरेको छ ।
सिरियामा जारी गृहयुद्धमा ईरान र रुस सिरियाली सरकारको साझेदारको रुपमा रहेका छन् भने टर्कीले विद्रोहीको सहयोग गरिरहेको दाबी सिरियाली गठबन्धनको छ ।
सिरियामा विगत सात वर्षदेखि सिरियाली विद्रोहीका कारण गृहयुद्ध मच्चिएको छ । ती विद्रोहीले पनि इडलिबलाई मुख्य अखडा बनाएका छन् ।
सन् २०१५ देखि त उनीहरूले उक्त शहर कब्जा नै गरेका थिए । त्यहाँका विद्रोहीलाई टर्कीको समर्थन रहिआएको छ । त्यस्तै सरकारी सेनालाई छिमेकी रूस र इरानको समर्थन छ ।