जापानमा २५ वर्ष यताकै शक्तिशाली समुद्री आँधी, ६ जनाको मृत्यु

जापानमा २५ वर्ष यताकै शक्तिशाली समुद्री आँधी, ६ जनाको मृत्यु

  • बुधबार, भदौ २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 25.4K
    SHARES

एजेन्सी, २० भदाै । जापानमा २५ वर्ष यताकै शक्तिशाली समुद्री आँधी आएको  छ । अाँधीका कारण कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

आँधीमा परेर १ सय ६० जनाभन्दा बढी घाइते भएका छन् । समुद्री आँधी जापानको दक्षिण क्षेत्रमा जमिनको सम्पर्कमा आएको थियो ।

जेबी नाम दिइएको यो आँधी १ सय ७२ किलोमिटर प्रतिघण्टाको बेगमा आएको अधिकारीहरुले जनाएका छन् ।

आँधीसँगै भीषण वर्षा पनि भएको थियो । आँधी प्रभावित क्षेत्रका १० लाखभन्दा बढी मानिसलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान अधिकारीहरुले चेतावनी दिएका छन् ।

शिकोकु टापुबाट सुरु भएको आँधी जापानकै ठूलो होन्सु टापुमा पुगेर फैलिएको थियो ।

अधिकारीहरुले ठूला समुद्री छाल, डुवान र पहिरोको जोखिम हुनसक्ने चेतावनी दिएका छन् ।

आँधीका कारण हजारौं घरहरुमा विद्युत् आपूर्ति बन्दभएको छ र ठूलो भौतिक सम्पत्तिमा क्षति भएको छ । आँधीका कारण सयौं हवाई सेवा, रेल तथा डुंगा सेवा रद्द गरिएका छन् ।

ओसाकाको कान्साई अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत डुवानमा परेको छ ।

जापानमा सन् १९९३ मा आएको शक्तिशाली आँधीमा परेर ४८ जनाको मृत्यु भएको थियो । यो आँधी त्यसयताकै सबैभन्दा शक्तिशाली भएको अधिकारीहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ