अमेरिकाले रोक्यो पाकिस्तानलाई दिने भनिएको ३० करोड डलर

अमेरिकाले रोक्यो पाकिस्तानलाई दिने भनिएको ३० करोड डलर

  • आइतवार, भदौ १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौं । अमेरिकाले पाकिस्तानलाई दिदै आएको ३० करोड अमेरिकी डलर सहायता बन्द गरेको छ ।

पाकिस्तानले आतंकवाद नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै सहयोग रकम रोक्का गर्ने निर्णय गरिएको हो ।

अमेरिकाबाट करोडौंं डलर सहायता लिएर पाकिस्तानले धोका दिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाउनुभएको छ ।

पाकिस्तानलाई दिन भनिएको शिर्षकको रकम अन्यत्र खर्च गरिने अमेरिकी रक्षामन्त्रालयले स्पष्ट पारेको छ । रक्षामन्त्रालयको निर्णय संसदबाट पास हुनुपर्नेछ ।

संसदबाट पारित प्रस्ताव आगामी वर्ष देखि लागू हुने बीबीसीले उल्लेख गरेको छ ।

हक्कानी नेटवर्क, अफगान तालिबान लगायतका आतंकवादी समुहलाई आफ्नो भुमि प्रयोग गर्न दिएर पाकिस्तानले कुनै पनि सम्झौता पालना नगरेको अमेरिकाले आरोप लगाएको छ ।

विदेशमन्त्री माईक पोम्प्योको ईस्लामवाद भ्रमणको केही दिन अघि ट्रम्प प्रशासनले सहयोग रोक्ने घोषणा गरेको हो । अमेरिकाले यसअघि प्यालेष्टाइन शरणार्थी एजेन्सीलाई दिने सहयोग समेत बन्द गरेको छ ।

अमेरिकी निर्णयले नवनिर्वा्चित पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई भने झट्का लागेको छ ।

पाकिस्तानको सत्ता सम्हालेलगत्तै अमेरिकाले सहयोग रकम रोक्का गर्दा खानलाई अप्ठेरो परेको हो ।

अमेरिकाले पाकिस्तानका लागि हालसम्म ३३ अर्ब अमेरिकी डलर सहयोग गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ